पहिरोले अवरुद्ध वालिङ–जगत सडक एकतर्फी सञ्चालन गरिँदै « Khabarhub

पहिरोले अवरुद्ध वालिङ–जगत सडक एकतर्फी सञ्चालन गरिँदै


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – पहिरो खसेपछि अवरुद्ध भएको वालिङ–जगत सडकखण्ड एकतर्फी सञ्चालन गर्ने तयारी गरिएको छ।

अविरल वर्षासँगै ठूलो पहिरो झरेकाले सिद्धार्थ राजमार्गमा दुई–तीन पालिका केन्द्र जोड्ने सडक अवरुद्ध भएसँगै सवारीसाधन तथा यात्रुबीच बाटोमै रोकिएका छन् ।

प्रहरी तथा जनप्रतिनिधि पहिरो खसेको स्थानमै पुगेर बाटो खुलाउनका लागि पहल तथा सवारीसाधनको व्यवस्थापन मिलाउने काम गरेका छन् । सवारीसाधनको चाप बढी हुने यस सडकमा तत्कालका लागि एकतर्फी भए पनि बाटो सञ्चालन गर्न लागिएको छ।

वालिङ नगरपालिका–६ मिर्दीस्थित सिद्धार्थ राजमार्गबाट चापाकोट नगरपालिका, हरिनास र बिरुवा गाउँपालिकासहित पूर्वी पाल्पालाई जोड्ने उक्त सडकको वालिङ–५ लसुनेमा पहिरो खसेको थियो ।

सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो खसेर बाटो पुरिएकाले सडक अवरुद्ध भएको थियो।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १० : ४७ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता– सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा