लुटेरा समूह र प्रहरीबीच दोहोरो भिडन्त, वरिष्ठ सई घाइते  « Khabarhub

लुटेरा समूह र प्रहरीबीच दोहोरो भिडन्त, वरिष्ठ सई घाइते 


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बारा – बाराको जितपुरसिमरा उपमहानगरपालिका-२३ भलुहीमा प्रहरी र लुटेरा समूहबीच दोहोरो भिडन्त भएको छ । मध्यराति करिब १२ बजे एरोटेक प्रालीमा लुटपाट गरिरहेका बेला प्रहरी पुगेपछि भिडन्त भएको हो ।

एक समुहले लुटपाट गरिरहेको सूचना पाएलगतै घटनास्थलमा पुगेको प्रहरीमाथि करिब २० जनाको लुटेरा समूह आक्रमणमा उत्रिएको थियो। लुटेरा समूहले एक राउन्ड र प्रहरीले तीन राउन्ड गोली चलाएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन्। लुटेराले चार राउन्ड फायर गरे पनि ३ राउन्ड नपड्केको उनले बताए।

प्रहरीले दोहोरो भिडन्तको क्रममा कटुवा पेस्तोल १ थान, एकनाले बन्दुक १ थान र गोली ३ थानसहित २ जनालाई पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरा बस्ने जयराम पासवान र वडा नम्बर १० बलुवाबेहरा बस्ने जवाहिर महतोलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी उपरीक्षक बोगटीले बताए ।

दोहोरो भिडन्तको क्रममा वरिष्ठ प्रहरी नायव निरीक्षक (सई) कलाम शाही घाइते भएका छन् । लुटेरालाई पक्रने क्रममा प्रहार भएको रडबाट शाही घाइते भएका हुन् ।

घाइते वरिष्ठ प्रहरी नायव निरीक्षक शाहीको वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

दोहरो भिडन्तमा घाइते एक जना लुटेराको पनि अलपाइन अस्पताल सिमरामा उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ११ : २९ बजे

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको