सान्जेन जलविद्युतको आईपीओ भर्ने समय थप | Khabarhub Khabarhub

सान्जेन जलविद्युतको आईपीओ भर्ने समय थप


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सान्जेन जलविद्युत कम्पनीको आईपीओमा अब ४ असोजसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका–५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् ।

सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यो आईपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यस्तै, सहनिष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ११ : ५० बजे

शालग्राम महोत्सव : धार्मिक पर्यटनको विकासमा जोड

लुम्बिनी– रुरु क्षेत्रको धार्मिक तथा सांस्कृतिक विकासका लागि लुम्बिनी प्रदेश

पर्यटकको पर्खाइमा म्याग्दीको ‘तास्नाधुरी’

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जास्थित तास्नाधुरी पर्यटकको पर्खाइमा छ ।

कर्मचारीले बुझाए राज्य व्यवस्था समितिमा हस्ताक्षर 

काठमाडौं– नेपाल निजामती कर्मचारी युनियनले प्रस्तावित संघीय निजामती सेवा ऐनमा

दही र महीको माग बढ्दै

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गत वर्षसम्म विवाह, व्रतबन्ध र

ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु

काभ्रे– काभ्रेको मण्डनदेउपुर नगरपालिका– ७ स्थित हेलम्बु राजमार्गमा ट्रिपर दुर्घटना हुँदा