जबराको बयान आफ्नो पक्षमा नभएपछि गठबन्धन सरकारले रोक्ने प्रयास गर्‍यो : महासचिव पोखरेल | Khabarhub Khabarhub

जबराको बयान आफ्नो पक्षमा नभएपछि गठबन्धन सरकारले रोक्ने प्रयास गर्‍यो : महासचिव पोखरेल


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- एमाले महासचिव शंकर पोखरेलले पाँचदलीय गठबन्धन देशको हितमा नरहेको बताएका छन् । सुदूरपश्चिमका बैतडी, दार्चुला र डडेलधुरामा पार्टीका प्रशिक्षणलगायतका विभिन्न कार्यक्रम सकेर काठमाडौं फर्कने क्रममा आइतबार कैलालीको अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा उनले पाँचदलीय गठबन्धन कसरी जन्मिएको रहेछ र परमादेशको रहस्य के रहेछ खुल्दै गएको दाबी गरे ।

महासचिव पोखरेलले देशको अर्थतन्त्रको एक वर्षअघि र अहिलेको अवस्थाका बारेमा चर्चा गर्दै गठबन्धन सरकारको एक वर्षको काम गराइबाट पनि यो गठबन्धन नेपाल राष्ट्र र नेपाली जनताको हितमा नरहेको बताए ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूविरुद्धको महाभियोग प्रस्तावमा छलफलका क्रममा बयान दिँदा जे कुरा बाहिर आएका छन्, त्यसले परमादेशको रहस्य खुल्दै गएको उनको भनाइ छ ।

‘एमाले र यसका अध्यक्ष केपी ओलीले राष्ट्रियताका पक्षमा, नाकाबन्दी विफल बनाउन, चुच्चे नक्शा प्रकाशन, देशलाई जातीय राज्यमा विभाजन रोक्न निर्वाह गरेको भूमिका जस्ता देश र जनताको हितका कदमको प्रतिशोध लिन पाँचदलीय गठबन्धन जन्माइएको हो,’ उनले भने, ‘फास्ट ट्रयाक सडक निर्माणको काम रोक्ने प्रयास भएको र त्यसमा आन्तरिक मात्र नभई बाह्य स्वार्थ रहेको तर त्यो चाहना एमालेको सरकारले पूरा हुन नदिएको, विकास र समृद्धिको यात्राका क्रममा ठूला परियोजनाहरू अगाडि सारेको मन नपराएकाहरूले एमालेलाई सरकारबाट हटाउनका लागि पाँचदलीय गठबन्धनको जन्म भएको हो भन्ने कुरा सबैले बुझ्नुपर्छ ।’

पोखरेलले जबराको बयान आफूहरुको पक्षमा नभएपछि पाँचदलीय गठबन्धनले बयान रोक्ने प्रयास गरेको आरोप लगाए । महाभियोग प्रस्ताव तत्कालै छलफलमा लैजानुपर्नेमा सभामुखले न्यूनतम मर्यादाको पनि ख्याल नगरी महिनौँ रोकेर नयाँ नजिर बनाएको उनले बताए।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १२ : ४३ बजे

सागसब्जी बेचेर मासिक एक लाख आम्दानी

सुनसरी– प्रत्येक दिन रोजगारीको खोजीमा सयौँ युवा विदेशिने गरेका छन्

‘झोला’का निर्देशक भट्टराईको फिल्म ‘झिल्को’ को टिजर सार्वजनिक, मोबाइल एडिक्सनको नौलो कथा

काठमाडौं – ‘झोला’ फिल्मका निर्देशक यादकुमार भट्टराईको नयाँ फिल्म ‘झिल्को’को

प्रि ओपन सेसन : झिनो अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रि ओपन सेसनमा बुधबार झिनो

विद्रोही बाजहाङलाई फुङलिङमा मृत्युदण्ड…

लिम्बूहरुको प्राचीन थातथलोमध्येको एक आठराई (हाल तेह्रथुम) क्षेत्रका आठ प्रमुख

बेनी–दरवाङ सडक : रणवाङ–तोलावाङ खण्ड कालोपत्र पूरा

म्याग्दी– बेनी–दरबाङ सडकको रणवाङ–तोलावाङ खण्डमा कालोपत्र भएको छ । पूर्वाधार