पाँच जिल्लाबाट सिफारिस आरजुले चुनाव जित्लिन् ? « Khabarhub

पाँच जिल्लाबाट सिफारिस आरजुले चुनाव जित्लिन् ?

शेखर कोइराला, रेशम चौधरी र पुष्कर ओझाको साथ खोज्दै ‘फर्स्ट लेडी’


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘फर्स्ट लेडी’ आरजु राणा देउवा यस पटक पनि चुनाव लड्ने दाउमा छिन् । चुनाव जितेर सांसद बनिसकेपछि सके प्रधानमन्त्री नसके शक्तिशाली मन्त्रालय सम्हालेर उपप्रधानमन्त्री हुँदै कार्यवाहक भए पनि प्रधानमन्त्री हुने रहर आरजु राणाको छ ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुले यस पटक सांसद बन्नैका लागि पाँच ठाउँबाट नाम सिफारिस गर्न सफल भएकी छन् । प्रधानमन्त्री देउवाकै जोड बलमा कैलाली, डडेलधुरा, बाँके, बर्दिया र बागलुङबाट पनि राणाको नाम सिफारिस भएको छ ।

गएको चुनावमा कैलाली ५ नम्बरबाट चुनाव लडेकी उनी ५ हजार मतले एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन् । यस पटक एमाले फुटेर कमजोर भएका कारण आरजुले कैलाली ५ बाटै चुनाव लड्ने सम्भावना छ ।

त्यसमाथि कैलालीमा एक किसिमको पकड हुँदै माओवादी, नेकपा समाजवादी र जसपाको पनि समर्थन रहने भएकाले आरजु बलियो उम्मेदवार हुन् । यद्यपि चुनाव जित्ने वा नजित्ने निश्चित छैन ।

आरजु राजनीतिभन्दा बढी विभिन्न संघ संस्था र शक्ति केन्द्रका लागि रुचाइने नाम हो । बालुवाटारमा आरजुको पकड देउवाको भन्दा पनि शक्तिशाली छ । कैलालीमा पुष्कर ओझासँग उनको समझदारी बनेमा चुनाव जित्न गाह्रो छैन ।

तर ओझाले अहिलेसम्म आरजुलाई समर्थन गरेका छैनन् । ओझालाई मिलाउन आरजु कांग्रेस नेता शेखर कोइरालासँग निरन्तर वार्तामा छिन् । ओझालाई आवश्यक पद दिएर उनको चित्त बुझाउने काममा आरजु सक्रिय छिन् ।

त्यसबाहेक कैलालीमा रेशम चौधरीको पार्टीसँग पनि आरजु निरन्तर सम्पर्कमा छिन् । थारु बाहुल्यता कैलालीमा रेशमको पनि बलियो पकड छ । पोहोर ७ जना प्रहरीको मृत्यु भएको टीकापुर घटनाका कारण फरार हुँदा पनि रेशमले कैलाली १ बाट चुनाव जितेका थिए । अहिले सो क्षेत्रमा रेशम पत्नी रञ्जित लड्ने तयारीमा छिन् । रञ्जिता र आरजुबीच राम्रै तालमेल हुन सक्ने सम्भावना छ । आरजु पनि काठमाडौँकी रैथाने हुन् ।

रेशम चौधरी र पुष्कर ओझाको मौन समर्थन रहेमा पनि यस पटक कैलालीमा आरजुले चुनाव जित्ने सम्भावना बलियो छ । तर गाउँ, नगर, चुनावी क्षेत्रमा नजाने तथा बुढानीलकण्ठ वा बालुवाटारबाहेक बाहिर ननिस्कने प्रवृत्तिका कारण उनलाई सजिलै मतदाताले भोट दिनेमा आशंका छ । यद्यपि यसका लागि आवश्यक नेता तथा कार्यकर्ताको साथ पनि आरजुले खोजेकी छन् ।

त्यसमाथि शेखर कोइराला र ओझाको साथ भएमा सम्भावना बलियो बनाएकी आरजुले स्थानीयको मत जित्न पनि थप धेरै काम, कारबाही र कार्यक्रम ल्याउनुपर्ने आवश्यकता छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  २ : २८ बजे

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को

परिवर्तनको मुद्दालाई पार्टीले अगाडि बढाएको छ : उपसभापति वाग्ले

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णीम