बाइडेन देशकै दुश्मन : ट्रम्प « Khabarhub

बाइडेन देशकै दुश्मन : ट्रम्प


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विरोधीको कटु आलोचना गर्न खप्पिस मानिने अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो समय राष्ट्रपति जोन बाइडेनमाथि खनिएका छन् ।

आफ्नो निजी निवासमा संघीय अनुसन्धान ब्युरो एफबीआईले छापा मारेपछि उनी बाइडेनको व्यक्तिगत आलोचनमा उत्रिएका हुन् । उनले बाइडेन देशकै दुश्मन भएको टिप्पणी गरेका छन् ।

एफबीआईले अगस्ट ८ मा फ्लोरिडा राज्यको पाम बिचमा रहेको निजी निवास मार अ लागोमा छापा मारेपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेका ट्रम्पले आफ्नो निवासमा गरिएको अनुसन्धानलाई ‘न्यायको धोखाधडी’ भन्दै यसले ‘कसैले कहिल्यै नदेखेको परिणाम’ ल्याउने चेतावनी दिए ।

ट्रम्पले भने, ‘अमेरिकी स्वतन्त्रतामाथिको वास्तविक खतराको योभन्दा ज्वलन्त उदाहरण अरु केही हुन सक्दैन, जतिबेला केही साताअघि प्रशासनले शक्तिको चरम दुरुपयोग ग¥यो ।’

बीबीसीका अनुसार ट्रम्पले पेन्सलभेनिया राज्यको विल्क्स–ब्यारे सहरमा आयोजित ¥यालीमा समर्थकहरूलाई भने, ‘कानूनको घोर दुरुपयोगले यसअघि कसैले कहिल्यै नदेखेको प्रतिक्रिया ल्याउन लागिरहेको छ ।’

ट्रम्पले यस हप्ता राष्ट्रपति बाइडेनको भनाइको पनि चर्को आलोचना गरेका थिए । एक कार्यक्रममा बाइडेनले ट्रम्पप्रति संकेत गर्दै भनेका थिए, ‘पूर्ववर्ती र रिपब्लिकन समर्थकहरूले हाम्रो गणतन्त्रको जगलाई खतरामा पार्ने अतिवादको प्रतिनिधित्व गर्छन् ।’

ट्रम्पले भने, ‘ अहिलेसम्मकै राष्ट्रपतिमध्ये बाइडेनले सबैभन्दा खराब, घृणित र विभाजनकारी भाषण दिए ।’ सम्बोधनका क्रममा बाइडेन देशकै दुश्मन भएको उनले संगीन आरोप लगाए ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ४ : ५७ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

विश्वकप : ब्राजिल र मोरक्को पहिलो हाफमा १-१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको