फाइल फोटो

राजनीति

गृहमन्त्री खाँण रुपन्देही-३ कांग्रेसबाट सर्वसम्मत सिफारिस

By खबरहब

September 04, 2022

भैरहवा- नेपाली कांग्रेसले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारमा गृहमन्त्री बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

रुपन्देही कांग्रेस ३ क्षेत्रीय समितिको नवौँ बैठकले केन्द्रीय सदस्य खाँणको नाम सर्वसम्मत उम्मेदवारको रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशील गुरुङले बताए ।

क्षेत्र नम्बर २ बाट पनि सिफारिस परेको खाँण अघिल्लो पटक समानुपातिकमा बसेका थिए । क्षेत्र नम्बर २बाट नेकपा एमालेका बलिया नेताको रूपमा विष्णु पौडेललाई एमालेले सिफारिस गरेपछि क्षेत्र नम्बर ३बाट पनि प्रत्यक्ष लड्ने तयारीमा खाँण रहेका छन् ।