हतियारसहित दुई जना पक्राउ « Khabarhub

हतियारसहित दुई जना पक्राउ


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- प्रहरीले बाराको भलुहीस्थित एरोटेक प्रालिमा शनिबार मध्यरातमा डकैती संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ३५ वर्षीय जयराम पासवान र वडा नम्बर १० बस्ने वर्ष ४० को जवाहिर महतो रहेका प्रहरीले जनाएको छ ।

राति नै पक्राउ परेका उनीहरूलाई प्रहरीले आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । प्रहरीले घटनास्थलबाट दुई थान गोलीसहित कटुवा बन्दुक र भरूवा बन्दुकसमेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय वीरगञ्जका अनुसार अनुसार जीतपुर सिमरा–२३ भलुहीमा रहेको एरोटेक प्रालिमा शनिबारराति १०/१२ जनाको समूहले हात–हतियारसहित प्रवेश गरी धनमाल लुटपाट गरेका थिए ।

उक्त खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक कलमबहादुर शाही नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । हतियारधारी समूहले उद्योगको स्टोर कोठामा राखेको सिलिण्डर बनाउन प्रयोग हुने पित्तलको भल्भ, जींक बायर, बुस बनाउने डण्डी तथा मजदुरहरुको साथमा रहेको नगद तथा मोबाइल समेत डाँका गरेर भाग्दै थिए । पक्राउ गर्ने क्रममा उनीहरूले प्रहरी टोलीलाई लक्षित गरेर एक राउण्ड फायर गरेका थिए । प्रहरीले तीन राउण्ड गोली प्रहार गरी त्यो समूहका दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

फरार अन्यको खोजी भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ६ : २५ बजे

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन