प्रिमियर लिगमा ब्राइटनको सहज जित « Khabarhub

प्रिमियर लिगमा ब्राइटनको सहज जित


१९ भदौ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौा – इंग्लिस प्रिमियर लिगमा ब्राइटनले सहज जित निकालेको छ । घरेलु मैदान ब्राइटनले लेस्टर सिटीलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो मिनेटमै केलेची इहेनाचोले लेस्टरलाई सुरूवाती अग्रता दिलाए पनि हारबाट भने जोगाउन सकिनन् । १०औँ मिनेटमा लुक थोमसले आत्मधाती गोल गरेपछि ब्राइटन १–१ को बराबरीमा आयो । १५औँ मिनेटमा मोइजे काइसेडोले घरेलु टोलीलाई २–१ को अग्रता दिलाए ।

३३औँ मिनेटमा प्याटसन डाकाले लेस्टरलाई २–२ को बराबरीमा ल्याए । ६४औँ मिनेटमा लिआन्ड्रो ट्रोसार्डले ब्राइटनलाई ३–२ ले अघि बढाए।

७१औँ मिनेट र थप गरिएको समयमा म्याक एलिस्टरले गोल गरेपछि घरेलु टोलीले ५–२ को सहज जित निकाल्यो ।

जितसँगै ६ खेलमा १३ अंक जोडेको ब्राइटन चौथो स्थानमा उक्लिएको छ । लेस्टर भने ६ खेलबाट १ अंकका साथ अन्तिममा छ ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ९ : ५७ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले