आर्सनलविरुद्ध युनाइटेडको जित | Khabarhub Khabarhub

आर्सनलविरुद्ध युनाइटेडको जित


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले आर्सनललाई पराजित गरेको छ । आइतबार राती युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलमा युनाइटेडले आर्सनललाई ३–१ ले पराजित गरेको हो ।

युनाइटेडको जितमा एन्टोनीले खेलको ३५ औं मिनेटमा युनाइटेडलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६० औं मिनेटमा आर्सनलले बराबरी गोल फर्कायो । तर ६ मिनेटपछि नै युनाइटेडले रासफर्डको गोलमा पुन अग्रता लियो ।

७५ औं मिनेटमा रासफर्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । क्रिस्टियन एरिक्सनले वन भर्सेस वनको स्थितिमा पेनाल्टी क्षेत्र भित्रबाट दिएको पासलाई उनले सहजै गोल गरे ।

यस जितसँगै युनाइटेडको ६ खेलमा १२ अंक भएको छ । आर्सनल भने हारका बाबजुद पनि अंक तालिकाको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ११ : ३४ बजे

हुम्लाका विभिन्न स्थानमा टेलिफोन सेवा अवरुद्ध

सिमकोट– हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध

डुबेर तीन जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

एजेन्सी – दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक

धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर– धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३