पाकिस्तानले लियो बदला, भारत पाँच विकेटले पराजित « Khabarhub

पाकिस्तानले लियो बदला, भारत पाँच विकेटले पराजित


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । एसिया कप क्रिकेटको शीर्ष चार अन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई हराएको छ । आइतबार राति दुबईमा भएको खेलमा पाकिस्तानले भारतविरुद्ध ५ विकेटको रोमाञ्चक जित निकालेको हो ।

भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।पाकिस्तानका लागि मोहमद रिजवानले ७१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै मोहमद नवाजले ४२ रन, फकर जमानले १५ तथा कप्तान बाबर आजम १४ रन बनाएर आउट भए।

भारतका भुवनेश्वर कुमार, हार्दिक पाण्डयले रबि बोस्नोई र युजभेन्द्र चाहलले १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले ६० रनको अर्धशतकीय इनिङ खेले ।यस्तै कप्तान रोहित शर्मा र केएल राहुलले समान २८/२८ रन बनाए ।

पाकिस्तानका शादब खानले २ विकेट लिए । जितसँगै पाकिस्तानले भारतसँग समूह चरणमा व्यहोरेको हारको बदला लिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ११ : ४५ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा