ड्रागन खेतीबाट मनग्य आम्दानी | Khabarhub Khabarhub

ड्रागन खेतीबाट मनग्य आम्दानी


१८ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका-८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट राम्रो आम्दानी गरेका छन् । उनले व्यावसायिक ड्रागन फल र कागती खेतीबाट वार्षिक बाह्र लाखसम्म आम्दानी गर्दै आएको बताए ।

सुक्खा क्षेत्रमा पनि राम्रो उत्पादन हुने भएपछि किसानले ड्रागनको व्यावसायिक खेती गरिरहेका छन् । दश वर्षअघिबाट व्यावसायिक खेती थालेका उनले एक हजार पाँच सय पिलरमा ड्रागन लगाएका छन्। अहिले तीन सय ओटा पिलरमा लगाएको ड्रागनले उत्पादन दिन थालेको छ । आठ सण् ५० केजी बिक्री गरिसकेको र एक हजार केजीको हाराहारीमा टिप्न बाँकी रहेको नेपालले जानकारी दिए । त्यस्तै नेपालले १८ रोपनी क्षेत्रमा कागतीको व्यावसायिक खेती गरिरहेका छन् । फलफूल खेतीबाट वार्षिक बाह्र लाखसम्म आम्दानी हुने गरेको कृषक नेपालले बताए । 

‘फलफूल खेतीबाट राम्रै आम्दानी गरिरहेको छु’, उनले भने, ‘वर्षमा बाह्र लाखसम्म आम्दानी हुन्छ । विस्तार गरेको सबै ठाउँबाट उत्पादन हुने हो भने अझ आम्दानी बढ्छ ।’ कृषक नेपालले अहिले आफ्नो पुर्खौली भूमिमा करिब १७ रोपनी क्षेत्रफलमा ड्रागन फल लगाएका छन्  । ड्रागन फल रातो प्रतिकेजी पाँच सय र सेतो प्रतिकेजी चार सयमा बिक्री हुने गरेको छ । त्यस्तै कागती फार्मबाट प्रति केजी एक सयमा बिक्री हुने गरेको छ । यहाँ उत्पादन भएको फल स्थानीय बजारसँगै काठमाडौँ जाने गरेको छ । सडकको कारण बजारसम्म पुर्‍याउन भने सास्ती हुने गरेको कृषक नेपालको भनाइ छ । कच्ची सडक वर्षाले हिलाम्य हुँदा उत्पादित वस्तुलाई ढुवानीमा समस्या छ ।

‘मैले यहाँको उत्पादनलाई बढी मात्रामा काठमाडौँ पठाउने गरेको छु’, कृषक नेपालले भने, ‘बजार माग राम्रो छ । तर सडकको कारणबजारसम्म लैजान समस्या छ । सडक राम्रो भए अझ राम्रो आम्दानी लिन सकिन्थ्यो ।’ नेपालले ‘दानाबोटे फलफूल तथा कृषि फर्म’ दर्ता गरेर व्यावसायिक फलफूल खेती थालेका हुन्। जिल्लामा पहिलो पटक व्यावसायिकरुपमा ड्रागनको खेती थालेका नेपाल उदाहरणीय कृषकको रुपमा परिचित छन्। उनले २२ वर्ष विराटनगरमा बिताएर गाउँमा फर्केर व्यावसायिक खेतीमा  लागेको सुनाए । व्यवसाय गर्नको लागि विराटनगरमा रहेको घर बिक्री गरेर गाउँ आएको उनको भनाइ छ । 

उनले भने, ‘२२ वर्ष विराटनगर बसेँ । गाउँ फर्केर व्यावसायिक खेतीमा लागेको छु । गाउँमा फर्केर आएर खेती गर्दा यहाँका साथीहरूले धेरै थरीका कुरा पनि गरे । अहिले म व्यवसायमा सफल बन्दै गएको छु ।’ आफैँले यसको बिरुवा उत्पादन थालेको नेपालको भनाइ छ । ड्रागन फल लागेको ४५ दिनमा खान मिल्ने उनको भनाइ छ ।

पाकेको ड्रागन फललाई लामो समयसम्म सामान्य तापक्रममा भण्डारण गर्न सकिने हुनाले चाँडो बिग्रने समस्या हुँदैन ।  प्रशस्त मात्रामा भिटामिन र मिनरल हुने ड्रागन फलमा क्यान्सर प्रतिरोधी गुण हुने विज्ञ बताउँछन् । प्राविधिकका अनुसार रोपेको दुई वर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । ड्रागनको एउटै बोटबाट धेरै वर्षसम्म फल लिन सकिने नेपालको भनाइ छ । आफ्नो फर्ममा तीन सय ग्रामदेखि नौ सय ग्रामसम्मको फल फलेको उनको भनाइ छ ।

व्यावसायिकरुपमा खेती गरिरहेको भए पनि राज्यको तर्फबाट सहयोग नपाएको उनले गुनासो गरे । आफूले गरिरहेको कामको धेरैले प्रशंसा गरे पनि अन्य सहयोग नपाएको उनको भनाइ छ । कृषक नेपालले भने, ‘मैले खेती गरेको देखेर हौसला दिने धेरै छन् । सरकारबाट खास सहयोग पाएको छैन् । फार्मसम्म आउनको लागि सडक नहुँदा डोकोमा बोकेर सडकसम्म लैजाने गरेको छु ।’ गाउँका अन्य कृषकलाई समेत व्यावसायिक कृषिमा लाग्ने हौसला दिँदै आएको उनको भनाइ छ । 

सिउडी प्रजातिको फल भएकाले यसको खेतीका लागि त्यति धेरै पानी, मलखाद र हेरचाह आवश्यक पर्दैन । यसको खेतीको लागि दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने जमिन उपयुक्त हुने गर्दछ । समुद्री सतहदेखि एक हजार पाँच सय मिटरसम्म उचाइमा खेती गर्न सकिन्छ । कम सिँचाइमा पनि उत्पादन दिने भएकाले सुक्खा क्षेत्रमा पनि खेती गर्न सकिने कृषक बताउँछन् । 

यसको वैज्ञानिक नाम ‘हाइलोसेरुस अन्डटुस’ हो । ड्रागन फल औषधियुक्त गुण भएकाले स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । फलको स्वादमा गुलियो तथा असजिलोपनाको मिश्रण भएको हुन्छ । खेतीको लागि निकासयुक्त, प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको बलौटे, दोमट तथा चिम्ट्याइलो दोमट माटो उपयुक्त हुने कृषकको भनाइ छ    

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ११ : १४ बजे

एमालेले प्रधानमन्त्रीलाई भन्यो : ‘अल्पमतमा पर्नुभयो दीर्घकालीन निर्णय नगर्नु’ 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन् । एमालेले

जापान सरकारले बन्द गर्‍यो फ्लपी डिस्क प्रयोग

काठमाडौं– जापान सरकारले अन्ततः आफ्ना सबै प्रणालीहरूमा फ्लपी डिस्क प्रयोग

मन्त्री यादव भन्छन्- स्वास्थ्यमा ९२ हजार कर्मचारीको माग गरेका छौँ

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्यमा ९२ हजार कर्मचारीको

सहकारीसम्बन्धी संसदीय समितिले गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलायो

काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष

१५.४६ अंकले बढ्यो नेप्से, झन्डै साढे छ अर्बको कारोबार

काठमाडौं– साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १५.६