पशु दिवस : पशु संरक्षणमा चुनौती | Khabarhub Khabarhub

पशु दिवस : पशु संरक्षणमा चुनौती


१८ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै छ । पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ भने वायुमण्डलमा भएको कार्बन र नाइट्रोजनको चक्रलाई सन्तुलन बनाउन पनि जनावरको  योगदान  महत्वपूर्ण मानिन्छ । पूर्वीय सभ्यतामा जनावरलाई अझ विशेष महत्व दिएको पाइन्छ । हिन्दु धर्मावलम्बीमा पशुलाई देवताको प्रतीकको रुपमा पूजा गर्ने संस्कार रहेको छ । 

विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने प्रचलन छ । तिहारमा विशेष गरी पशुको महत्व बढी छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतीक मानेर पुज्ने प्रचलन छ । अझ हिन्दु धर्ममा गाईको पूजा अथवा दानलाई सबैभन्दा पुण्य दिने दानसँग तुलना गरिन्छ तर पछिल्लो समय पूजा गरिने गाईको संरक्षण भने हुन सकेको छैन । राष्ट्रिय जनावरको रुपमा रहेको गाईलगायतका जनावरप्रतिको मानवीय व्यवहार भने क्रूर हुन थालेको छ । गाईले दूध दिने बेलासम्म पाल्ने र दूध दिन छोडेपछि सडकमा छोड्ने प्रवृत्तिले गाई संरक्षणमा चुनौती थपिएको पशु संरक्षणकर्मी बताउँछन् ।

पाँच वर्षदेखि छाडा पशुका उपचारमा खटिएका पशु संरक्षणकर्मी विष्णुप्रसाद पनेरुले पछिल्लो समय पशुप्रति मानव क्रूर हुन थालेको बताए । ‘दूध दिने बेलासम्म गाई बाँध्ने र दूध दिन छोडेपछि सडकमा छोड्ने प्रवृत्तिले पशु संरक्षणमा चुनौती थपिएको छ ।’ उनले भने, ‘गाई त हाम्रो राष्ट्रिय जनावर पनि हो यसमा सरकारले पनि ध्यान दिनुपर्छ ‘ उनले आफू पाँच वर्षदेखि निरन्तररुपमा छाडा पशुको संरक्षण, घाइतेको उपचारमा खटिएको बताए । 

‘पशुलाई धर्ममा पुजा गर्ने तर मनमा नमान्ने प्रवृत्तिले पशु संरक्षण हुन सकेका छैन ।’ उनले बताए , ‘यहाँ पशु संरक्षणका लागि थुप्रै गौशाला निर्माण भएका छन् त्यहाँ राम्रोसँग व्यवस्थापन गर्न सकेको छैन ।’ उनले पशु संरक्षणका लागि सबैले सचेत हुनुपर्ने बताए ।

त्यसैगरी छाडा पशुको स्वाहारमा खटिएका यहाँमा स्थानीय मदन चन्दले पछिल्लो समय पशुलाई मानवीय व्यवहार नभएको बताए । ‘मानिस स्वार्थी भए दूध दिए मात्रै पाल्ने नभए सडकमा छोड्ने जुन प्रवृत्ति छ यसले ठूलो समस्या सिर्जना गरेको छ ।’ उनले भने, ‘राष्ट्रिय जनावर र तिहारमा पूजा गरिने गाईप्रतिसमेत मानवीय व्यवहार भएको छैन ।’ उनले सरकारले पनि पशु व्यवस्थापनमा ध्यान दिन नसकेको बताए।

 

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ११ : ५३ बजे

भियतनामका उपराष्ट्रपति सुआन नेपालमा

काठमाडौं– समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको

नेपालको लिपुलेकमा आँखा, तर आठ क्षेत्रमा भिड्दै भारत-चीन

काठमाडौं– चीनका विदेशमन्त्री वाङ यीले भारत भ्रमणका क्रममा नेपालको भूमि

सन्तानले असल संस्कार नपाउँदा वृद्धाश्रमको बास !

काठमाडौं– काठमाडौं नक्सालका ७२ वर्षीय मंगलदास महर्जन ‘बुवाको मुख हेर्ने’

धापासी लाम्पाखामा पहिरो, सडक नै अवरुद्ध (तस्बिरहरू) 

काठमाडौं– शुक्रबारको अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा

न्यूयोर्कमा पर्यटक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

एजेन्सी – न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस