भक्तपुरमा खम्ये जात्रा, भक्तजनको भीड « Khabarhub

भक्तपुरमा खम्ये जात्रा, भक्तजनको भीड


१८ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा आज मंगलबार खम्ये (राँंगो) जात्रा हुँदैछ । प्रत्येक वर्ष दसैंको महानवमीको साँझ यहाँ खम्ये दौडाएर खम्ये जात्रा गरिन्छ । भक्तपुरमा दसैँको क्रममा हुने विभिन्न जात्राहरुमध्येको एउटा ठूलो जात्रा खम्ये जात्रा हो । प्रत्येक वर्ष दसैँको महानवमीका दिन यहाँं निख्खर कालो ठूलो राँगोलाई नगरभरि दौडाएर खम्ये जात्रा गरिन्छ । यसलाई स्थानीहरू नेपाल भाषामा खम्ये जात्रा भन्दछन् । 

प्रत्येक वर्ष दसैँमा राष्ट्रपति सवारी हुने भक्तपुरको प्रसिद्ध नवदुर्गा द्योछें (देवता घर) मा राखिराखेको राँगोलाई साँझ दौडाएर जात्रा सुरु हुन्छ । दौडाउनु अघि राँगालाई रक्सी खुवाएर मातन लगाइन्छ । राँगोलाई देवता घरबाट दौडाउन सुरु गरी नगरभरि परिक्रमा गराइन्छ । केही हुलले खम्येलाई दौडाएर जात्रा हुन्छ । जात्राको दिन राँंगा दौडाउने भक्तपुर नगरभरिका सडकपेटीहरुमा जात्रा हेर्ने भक्तालुहरूको हुल बाटोभरि लाग्छ । भक्तपुर नगरपालिका ९-गछेंस्थित द्योछेंमा राखिएको खम्येलाई भक्तपुर नगरपालिका ८ ब्रह्मायणी मन्दिरमा पुर्याएपछि जात्रा अन्त हुन्छ ।

विजया दशमीका लागि आवश्यक महिषासुरको प्रतीक मानिने खम्येलाई महानवमीको राति त्यहाँ बली दिइन्छ । नवमीको राति ब्रम्हायणीमा राँगाको वध गरेपछि भोलिपल्ट विजया दशमीका दिन त्यहाँ ठूलो मेला लाग्ने गर्दछ । मेला भर्न दसौं हजार श्रद्धालु ब्रह्मायणी पुग्छन् । दशमीमा मेला भर्न ब्रम्हायणीमा भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायत छिमेकी जिल्लावासी त्यहाँ पुग्छन् । राँगाको मासु जात्रामा विभिन्न जिम्मेवारी वहन गर्ने कसाइदेखि नवदुर्गाको मखुन्डो बनाउने चित्रकारसम्म सबैलाई बाँडिन्छ ।

यसअघि राँगोलाई नवमीसम्म द्योछेंमै पालेर राखिने गर्दछ । प्रत्येक वर्ष द्योछेंमा भित्र्याएपछि नवमीसम्म द्योछेंमा पाल्ने परम्परा चलिआएको छ। राँगोलाई प्रत्येक वर्ष घण्टाकर्ण चतुर्दशीदेखि नागपञ्चमीको बीचमा देवता घर भित्र्याइन्छ । भित्राइएको राँगो व्यक्तिले पैसा हालिदिएको हुन्छ । एक लाख भन्दा वढी पर्ने राँगो किनेर हालिदिन वर्षौ लामो कुर्नुपर्ने हुन्छ । चढाउन चाहनेले क्रमबद्ध रुपमा राँगो चढाउन सक्ने व्यवस्था नवदुर्गा मन्दिरमा मिलाइएको छ ।

भगवानलाई चढाएपछि पुण्य पाइने भएकाले भाकल गरी भक्तालुले पैसा तिरेर राँगो चढाइदिने चलन छ । वर्षेनी यसैगरी श्रद्धालु भक्तजनले खम्ये जात्राका लागि राँगो दिने गरेका छन् । इतिहासविद् डा. विरेन्द्रप्रसाद कायस्थ खम्ये जात्रा भक्तपुरको दशैँमा हुने विभिन्न जात्रामध्ये आकर्षक जात्रा भएको बताउँछन् । जात्रा हेर्न त्यो दिन नगरभरि भीड हुने उनको भनाई छ । दसैँको क्रममा सबैभन्दा ठूलो जात्रा भने विजया दशमीको दिन ब्रम्हायणीमा लाग्ने जात्रा हो । जुन हेर्न लाखौं मानिस सहभागी हुन्छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  १२ : ४८ बजे

सरकारी बेवास्ताले स्वास्थ्य बीमा संकटमा, सेवा बन्द हुँदा बिरामी अलपत्र, निरिह कार्यकारीको राजीनामा

काठमाडौं- सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा पर्दै

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर  वृद्धि भएको छ ।

कांग्रेसले कञ्चनपुर– ३ मा लेखकको सट्टा बोहरालाई दियो टिकट

काठमाडौं– नेपाली कांग्रेसले कञ्चनपुर–३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ

ओखलढुंगामा काग्रेसको उम्मेदवार फेरियो, खतिवडाको सट्टा लुइँटेललाई टिकट

काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यका लागि ओखलढुंगामा कुमार लुइँटेललाई

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा