राष्ट्रपति भण्डारीद्वारा नव कन्याको पूजा « Khabarhub

राष्ट्रपति भण्डारीद्वारा नव कन्याको पूजा


१८ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरुप आज महानवमीको दिन नव कन्याको पूजा गरेकी छिन् । 

शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवकन्यालाई नवदुर्गाको स्वरुप मानेर पूजा गरेकी छिन् । सो अवसरमा राष्ट्रपति भण्डारीले नौ कन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरिन् । ती कन्यालाई बालमन्दिरबाट लगिएको हो । दसैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रपतिले नवकन्याको पूजा प्रत्येक वर्ष गर्दै आएकी छिन् । 

उक्त समारोहमा नव कन्याले अन्तिममा नृत्यसमेत गरेका थिए । सो नृत्यको राष्ट्रपति भण्डारीले अवलोकन गरेकी थिइन् । 

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  २ : ०० बजे

सरकारी बेवास्ताले स्वास्थ्य बीमा संकटमा, सेवा बन्द हुँदा बिरामी अलपत्र, निरिह कार्यकारीको राजीनामा

काठमाडौं- सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा पर्दै

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर  वृद्धि भएको छ ।

कांग्रेसले कञ्चनपुर– ३ मा लेखकको सट्टा बोहरालाई दियो टिकट

काठमाडौं– नेपाली कांग्रेसले कञ्चनपुर–३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ

ओखलढुंगामा काग्रेसको उम्मेदवार फेरियो, खतिवडाको सट्टा लुइँटेललाई टिकट

काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यका लागि ओखलढुंगामा कुमार लुइँटेललाई

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा