एमालेको चुनावी सभा आज दार्चुलाबाट सुरु हुँदै « Khabarhub

एमालेको चुनावी सभा आज दार्चुलाबाट सुरु हुँदै


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको चुनावी आमसभा आज सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने भएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्दैछन् । ओली बिहीबार नै धनगढी पुगिसकेका छन् ।

एमालेले ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्ययका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो ।

ओली नेतृत्वको सरकारले अढाइ वर्ष अघि लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको भूगोल समेटेर नक्सा जारी गरेको थियो ।

ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ । ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्नेछन् ।

एमाले प्रचार विभाग प्रमुख खड्क बडालका अनुसार दार्चुलाबाट सुरु हुने चुनावी अभियान पूर्वमा पुगेर टुंगिनेछ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : ३४ बजे

अनमोलसतिहका कलाकारले दिए प्रधानमन्त्री बालेन्द्रलाई बधाई

काठमाडौं – नेपालमा कला क्षेत्रबाट उदाएका पहिलो प्रधानमन्त्री बालेन्द्र शाह

पूजाअर्चनासहित सरकारी निवासमा प्रधानमन्त्री शाह (तस्बिरहरू)

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह विशेष पूजाअर्चनासहित शुक्रबार अपराह्न बालुवाटारस्थित

मर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादनमा गिरावट

तनहुँ– यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्

काठमाडौंसहित विभिन्न जिल्लामा वर्षा 

काठमाडौं– देशभर मौसम बदली भई काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरु

मन्त्रिपरिषदमा दोहोरिएका यी चार अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहसहित १५