कतारले नेपाललाई पठायो ४ टन स्वास्थ्य सामग्री   « Khabarhub

कतारले नेपाललाई पठायो ४ टन स्वास्थ्य सामग्री  


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दोहा – कतार सरकारले नेपाललाई ४ टन स्वास्थ्य सामग्री पठाएको छ। कतार फण्ड फर डेभलपमेन्ट (क्यूएफएफडी) ले नेपालमा कोभिड-१९ महामारीलाई सहयोग गर्न ४ टन अक्सिजन कन्सेन्ट्रेटर र १६४ केजी रेमडेसिभिर इन्जेक्सन पठाएको हो ।

काठमाडौँस्थित कतार दूतावासका प्रथम सचिव खालिद अब्दुल्ला अल इब्राहिमले नेपालका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट खोप अधिकृत ओमप्रसाद उपाध्याय र स्वास्थ्य सेवा विभागका फार्मेसी अधिकृत समीक्षा थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

यो सहयोगले नेपालको स्वास्थ्य सेवा प्रणालीको प्रवर्द्धनमा निर्णायक भूमिका खेल्ने र नेपालमा व्यापक रूपमा फैलिएको कोभिड-१९ विरुद्ध लड्न योगदान पुर्‍याउने अपेक्षा गरिएको कतार सरकारले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ७ : १८ बजे

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ