अन्तर्राष्ट्रिय

युद्धको समाप्तिसँगै समृद्धिको बाटोमा इथियोपिया

By मनोज घिमिरे

November 04, 2022

इथियोपियामा दुई वर्षदेखि जारी गृह युद्ध अन्त्य हुने भएको छ। आश्चर्यजनक रूपमा दुवै पक्ष युद्धविरामका लागि सहमत भएका छन्। दुई वर्ष लामो युद्धमा हजारौंको ज्यान समेत गएको थियो। अफ्रिकन युनियनले अब इथियोपिया नयाँ बाटोमा गएको जनाएको छ। त्यहाँको सरकार र सशस्त्र युद्ध गरिरहेको टिग्रेस विद्रोहीको बीचमा शान्ति सम्झौता भएको हो।

युद्ध विराम भएपछि गृह युद्ध कालका उब्जिएका समस्या तथा विकराल समस्या समाधानका लागि अझ लामो प्रयास आवश्यक छ। उत्तरी इथियोपियामा अहिले ९० प्रतिशत भन्दा बढीले खाद्यान्न संकट झेलिरहेका छन्। त्यस क्षेत्रका एक तिहाइ बच्चा कुपोषणबाट मुक्त भएका छन्।

दुई वर्ष लामो युद्धमा हजारौंको ज्यान समेत गएको थियो। अफ्रिकन युनियनले अब इथियोपिया नयाँ बाटोमा गएको जनाएको छ।

यो युद्ध विराम त्यहाँको महत्त्वपूर्ण ब्रेक थ्रुसमेत हो। तथापि यसमा सबै ढुक्क हुनु भन्दा अगाडि केही कुरा सोच्न जरुरी छ। यस अगाडि भएको युद्ध विराम पनि केही महिना पछि गत अगस्टमा भङ्ग भएको थियो। यस पटकको शान्ति सम्झौतामा विगतको भन्दा धेरै कुरा समावेश गरिएका छन्।

सरकार र विद्रोही टिगेस्र पिपुल्स लिबरेसन फन्ट (टीपीएलएफ) का अधिकारीले हस्ताक्षर गरेको सम्झौतामा विस्थापितलाई स्थापित गराउने तथा खाद्य संकट समाधानका लागि राहत उपलब्ध गराउने लगायतका विषय पनि समावेश गरिएका छन्।

हस्ताक्षरपछि जारी संयुक्त विज्ञप्तिमा अब इथियोपियामा एउटा मात्र सैन्य शक्ति भएको जनाइएको छ। अब टीपीएलएफका लागि धेरै चुनौतीसमेत खडा भएका छन्। आफ्ना सेना निष्क्रय बनाउने, निःशस्त्र बनाउने र सेनाका मूलधारमा समाहित गराउने जिम्मेवारी टीपीएलएफको नेतृत्वको सामु आएको छ।

प्रधानमन्त्री अबी अहमदले सम्झौता सहमतिमा भएको तथा सबै जना लामो समय मिलेर अगाडि जान सहमत भएको प्रतिक्रिया दिएका छन्। दक्षिण अफ्रिकामा भएको शान्ति वार्तामा मध्यस्थता गरिरहेका नाइजेरियाका पूर्व प्रधानमन्त्री ओलुसेगीन ओब्सान्जोले यो सुरुवात मात्र भएको प्रतिक्रिया दिएका छन्।

युद्धविराम त्यहाँको महत्त्वपूर्ण ब्रेक थ्रुसमेत हो। तथापि यसमा सबै ढुक्क हुनु भन्दा अगाडि केही कुरा सोच्न जरुरी छ। यस अगाडि भएको युद्ध विराम पनि केही महिना पछि गत अगस्टमा भङ्ग भएको थियो।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटरेसले यसलाई स्वागतयोग्य कदम भनेका छन्। उनले यो युद्ध विरामले समस्यामा परेका लाखौँ इथियोपियाका नागरिक संकट मुक्त हुने बाटो खुला भएको बताएका छन्।

टिग्रे क्षेत्र भएको दुई वर्षका अधिक समय बाह्य दुनियाँबाट टाढा रहेको थियो। यस बीचमा त्यस क्षेत्रमा औषधीधि बत्ती, फोन र बैङ्किङ सेवा लगायतको समस्या निम्तिएको थियो। एकले अर्कोलाई तानासाह भएको, जातीय हिंसा मच्चाएको तथा यौन अपराध गरेको आरोप लगाउँदै आएका थिए। इथियोपियाका सेना संलग्न भएको तथा उनीहरूले गरेको केही जघन्य अपराधका विषयलाई थप छलफलको विषय बनाइएको छ। दुई वर्ष अगाडि चार नोभेम्बर २०२० मा इथियोपियामा गृह युद्ध सुरु भएको थियो। टीपीएलएफले सुरुवाती दिनमा नै ब्यारेक लुटेको थियो। त्यसपछि विस्तारै टिग्रे क्षेत्रमा पकड बलियो बनाउँदै लगेको थियो।

जनसंख्याको आधारमा अफ्रिकाको दोस्रो ठूलो देश इथियोपियामा टीपीएलएफले द्रुत गतिमा सफलता पाएको थियो। त्यस अवधिमा सैन्य जत्थालाई विस्तार गरेको थियो। उत्तरी क्षेत्र कब्जा गरिसकेपछि गत वर्ष नै राजधानी कब्जा गर्ने योजना विद्रोही पक्षको थियो। तथापि त्यस योजनामा सशस्त्र विद्रोही शक्ति असफल भएको थियो।

यसका लागि टीपीएलएफले ओरेमो लीबरेसन आर्मी (ओएलए)ले सँग सहकार्यको निर्णय गरेको थियो। त्यो सहमतिपछि नै राजधानी कब्जा गर्ने नीति समेत बनेको थियो। गत वर्ष नै एक अन्तरवार्तामा ओएलका नेता कुस्मा ड्रिबाले युद्धबाटै सत्ता परिवर्तन नगरेसम्म कुनै समाधान हुन नसक्ने प्रतिक्रिया दिएका थिए। युद्धको सुरुवातमा सामूहिक बलात्कार तथा ठूलो सङ्ख्यामा हाताहाती भएको त्यस युद्धलाई टीपीएलएफले निरन्तरता दिने योजना सायद राजधानी कब्जाको नीतिमा असफलतापछि नै फेरिएको हुनसक्छ। यो युद्ध विरामपछि ओएलएले आफ्नो धारणा बाहिर ल्याएको छैन।

मूलधारको राजनीतिमा रहेको प्रमुख प्रतिपक्षी दल ओरोमो लीबरेसन फ्रन्टसँग छुट्टिएर नै ओएलएको स्थापना भएको थियो। सत्ता पक्षले दुवैलाई आतङ्ककारीको संज्ञा दिएको थियो।त्यहाँको युद्धको मुख्य कारण जातीय भएको जनाइन्छ। तीन दशक लामो सत्ताबाट पछि हटेपछि टिग्रे नेताहरू युद्धको बाटोमा गएको जनाइएको थियो।

इथियोपियाका बारेमा संसारमा दुई मान्यता छन्। पहिलो त यो एकदमै गरिब देश हो। दोस्रो यो खेलकुदमा अग्रणी देश हो। संसारमा गरिबले पनि सफलता पाउँछन् भन्ने कुराको उदाहरण सबै भन्दा बढी इथियोपियाले दिएको छ। यो वर्ष भएको विश्व एथलेटिक्स च्याम्पियनसिपमा अमेरिकापछि दोस्रो स्थानमा इथियोपिया रहेको थियो। त्यहाँका मध्यम तथा लामो दूरीका धावक संसारका धेरैका लागि आदर्श पात्र बनेका छन्।

मूलधारको राजनीतिमा रहेको प्रमुख प्रतिपक्षी दल ओरोमो लीबरेसन फ्रन्टसँग छुट्टिएर नै ओएलएको स्थापना भएको थियो। सत्ता पक्षले दुवैलाई आतङ्ककारीको संज्ञा दिएको थियो।

ग्रामीण क्षेत्रमा पाइने त्यहाँको गाईको दूधलाई विशेष पोसिलो मानिन्छ। यो त्यहाँको विशेषता हो। विभिन्न खाले अध्ययनबाट इथियोपियाली धावकको सफलताको एउटा प्रमुख राज नै त्यहाँको गाईको दूध भएको जनाइन्छ।

सबै भन्दा आश्चर्य त इथियोपियाको बेकोजी भन्ने एउटा सानो सहर नै संसारका लागि प्रेरणाको श्रोत बन्न सक्छ। बेकोजी स्टार एथलेट विश्व कीर्तिमानधारी ट्रेनेसुसी डिबाबाको जन्म थलो हो। उनका दुई बहिनी गेन्वेब डिबाबा र एगुयन डिबाबा पनि एथलेटिक्समै समाहित छन्।

त्यहाँको घना जङ्गल धेरैका लागि कठिन जीवन यापनको कारण बने पनि धावकका लागि वरदान नै साबित भएको छ। त्यो घना जङ्गलमा घन्टौँसम्म हिँडेर नै उनीहरूको प्रशिक्षण चलेको हुन्छ। खेल विज्ञानलाई आश्चर्यमा पार्ने कुरा के छ भने संसारका अन्य स्थानमा पुग्दा पनि इथियोपियाका धावकलाई तापक्रम परिवर्तनले कुनै असर नै गरेको हुँदैन। उही स्थिर प्रदर्शनका लागि इथियोपियाका धावक परिचित छन्।

कुल गार्हस्थ्य उत्पादनलाई आधार मान्दै विश्व बैंकले गत महिना संसारका पाँच गरिब देशको सूची बाहिर ल्याएको थियो। त्यो सूचीमा भने इथियोपिया छैन। त्यो सूचीमा इथियोपिया बाहिर आइसकेको छ। ती पाँच वटै देश सब सहारा क्षेत्रका छन्।

सोमालीयाको प्रतिव्यक्ति आयतीन सय तीन अमेरिकी डलर छ। त्यसैगरी, दक्षिणी सुडानको चार सय ४१, सियरा लियोनको पाँच सय ३२, मलावीको छ सय ६ सेन्टल अफ्रिकन रिपब्लिकको छ सय २४ रहेको छ।

युद्ध चलिरहेकै समयमा पनि विश्व बैंकले गरेको एउटा प्रक्षेपण भने आश्चर्यजनक नै छ। विश्व बैंकले केही देशलाई एकदमै द्रुत गतिमा अर्थतन्त्रको विकास भएको देशको रूपमा चित्रण गरेको छ। ती देशमा इथियोपिया, रुवान्डा, सेनेगल र युगान्डा छन्। अबको केही वर्षमा यी देश समृद्ध हुने प्रक्षेपण विश्व बैंकको छ।

इथियोपियामा पछिल्लो समय विकास भएको अर्थतन्त्रको मुख्य आधार त्यहाँको कृषिलाई नै मानिन्छ। निजी व्यवसायलाई प्रोत्साहन त्यहाँको विकास भएको अर्थतन्त्रको अर्को आधार थियो।

युद्ध चलिरहेकै समयमा पनि विश्व बैंकले गरेको एउटा प्रक्षेपण भने आश्चर्यजनक नै छ। विश्व बैंकले केही देशलाई एकदमै द्रुत गतिमा अर्थतन्त्रको विकास भएको देशको रूपमा चित्रण गरेको छ।

विश्व बैंकसमेत इथियोपियामा गरिएको लगानी सुरक्षित ठहर गर्न थालेको थियो। तल्लो तहको लगानीलाई सक्रिय बनाउने तथा कृषि प्रणालीलाई व्यवस्थित गर्ने नीति लिएको इथियोपियाले किसान र श्रमिकको अधिकारलाई सुरक्षित गर्ने योजना ल्याएको थियो। त्यसै योजनाको कारण इथियोपियाका धेरै जना श्रममा रमाउन थालेका थिए।

युएसएडीको सहयोग र भूमिका त्यहाँको आर्थिक विकासको अर्को पाटो बनेको थियो। राजधानी सहर लगायत देशका भाग त्यस दिसामा अघि बढिरहेको समयमा टिग्रे लगायत उत्तरी भागको युद्ध भने पीडादायक थियो। अपेक्षा गर्न सकिन्छ कि युद्धको पीडाबाट बाहिर निस्कँदै इथियोपिया समृद्धिको बाटोमा लाग्नेछ।

सायद धावकको देश इथियोपिया आगामी केही वर्षमा अफ्रिकाको आर्थिक हब पनि बन्न सक्नेछ।  स्रोत : बीबीसी, एपी, डीडब्लु, फोरम इकोनोमीक्स, युएसएड