तीन महिनामा १ अर्ब ३३ करोडको चिया-कफी निर्यात « Khabarhub

तीन महिनामा १ अर्ब ३३ करोडको चिया-कफी निर्यात


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको चिया र कफी विभिन्न देशमा निर्यात गरेको छ।

भन्सार विभागका अनुसार २०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त मूल्य बराबरको चिया र कफी नेपालले निर्यात गरेको हो।

उक्त तीन महिनामा नेपालले १ अर्ब ३३ करोड ९९ लाख २६ हजार रुपैयाँको ५७ लाख ८५ हजार ९०७ केजी चिया र कफी नेपालले निर्यात गरेको विभागले जनाएको छ।

बितेको तीन महिनामा १ करोड ९९ लाख ७२ हजार रुपैयाँको कफी र १ अर्ब ३१ करोड ९९ लाख ५४ हजार रुपैयाँको चिया नेपालले निर्यात गरेको छ। नेपालबाट ‘ग्रिन टी’ र ‘ब्ल्याक टी’ निर्यात हुने गरेको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको कफी अष्ट्रेलिया, अष्ट्रिया, जर्मनी, हङकङ, भारत, इटाली, जापान, दक्षिण कोरिया, स्वीट्जरल्याण्ड, ताइवान र अमेरिका निर्यात भएको छ।

उक्त अवधिमा अष्ट्रेलिया, अष्ट्रिया, क्यानडा, चीन, भारत, चेक रिपब्लिक, इस्टोनिया, फिनल्याड, फ्रान्स, जर्मनी, हंगेरी, जापान, दक्षिण कोरिया, लिथुवानिया, नेदरल्याण्ड्स, न्युजल्याण्ड, स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका, रोमानिया, रुस र नामिबिया गरी विश्वका २२ देशमा नेपालको चिया निर्यात भएको विभागले जनाएको छ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले १ अर्ब ४ करोड ५० लाख ७० हजार रुपैयाँको चिया तथा कफी निर्यात गरेको थियो।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १२ : १० बजे

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल