छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु  « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु 


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-२९ अनामनगरमा प्रदेश नम्बर ३-०२-००८ प ३६१७ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा अनामनगर बस्ने ३२ वर्षीया आस्था सुब्बा रहेकी छन् । उनको बिहीबार साँझ मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको काठमाडौं मोडल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमी हलेसीमार्टस्थित सडकमा बाग्मती प्रदेश-०२-०३७ प १८५२ नम्बरको मोटरसाइकल र बागमती ए एए २६८७ नम्बरको स्कुटर बिहीबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार धादिङ गजुरी गाँउपालिका-७ घर भई हाल काठमाडौं नयाँबजार बस्ने १७ वर्षीया आयुषा सुवेदी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेपाल कोरिया मैत्री अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य २ जनाको बि एण्ड बि अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको कालिका नगरपालिका-७ गैडाखोलास्थित सडकमा ना. ३ च ७१७८ नम्बरको बलेरोको ठक्करबाट सोही ठाउँ बस्ने ४९ वर्षीय मीन बहादुर विश्वकर्माको गएराति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका बलेरो चालकको प्रहरीले खोजी गरिरहेको छ । 

पर्साको वीरगन्ज महानगरपालिका-२५ आईसीपी गेटभित्र २ नम्बर गेटको पार्किङ एरियामा एल ०१ एडी ४७३८ नम्बरको कन्टेनरको ठक्करबाट भारत बिहार जिल्ला गोपाल गंज थाना बरैली बस्ने ३० वर्षीय अशोक यादवको बिहीबार साँझ मृत्यु भएको छ ।

 दुर्घटनामा गम्भीर घाइते भएका उनको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । कन्टेनर चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १२ : ३४ बजे

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ