गुजरात पुल दुर्घटनाःखोज तथा उद्धार स्थगन « Khabarhub

गुजरात पुल दुर्घटनाःखोज तथा उद्धार स्थगन


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ओटावा – भारतको पश्चिमी राज्य गुजरातका अधिकारीहरूले मोर्बीको मच्छुनदीमा हराएकाहरूको खोजी स्थगन गरेका छन् । गत आइतबार राति मच्छुनदीको झोलुङ्गे पुल भाँचिदा एक सय ४१ जनाको मृत्यभएको थियो भने कैयौँ हराएका थिए । उद्धारकर्ताले गएरातिदेखि खोज स्थगन गरेका हुन् ।

नदीबाट एक सय ७७ जनालाई उद्धार गरिएको र कोही पनि हराएको सूचना प्राप्त नभएकाले खोजी स्थगन गरिएको उनीहरूले बताएका छन् । स्थानीय प्रशासनले त्यसलाई पुष्टि गरेको छ । पुल भाँचिदा एक सय जना घाइते भएका थिए । बेलाइतको शासनकालमा शताव्दीअघि निर्मित उक्त पुल सात महिनाको मर्मतसम्भारपछि अघिल्लो साता सञ्चालन गरिएको थियो ।

पुलको भारवहन क्षमताभन्दा बढी मानिस त्यहाँँ एकत्र भएपछि उक्त दुर्घटना भएको हो । पुलको क्षमताभन्दा पाँच सय जना बढी मानिस दुर्घटनाका बेला पुलमा रहेका विवरणहरू सार्वजनिक भएका छन् । स्वदेशी तथा विदेशी पर्यटकका निम्ति मोर्वी पुल आकर्षक गन्तव्य मानिन्छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीलगायत केन्द्र र राज्य सरकारका उच्च अधिकारी मोर्बी पुगेर दुर्घटनाबारे जानकारी लिएका थिए । विश्वभरका नेताहरूले उक्त घटनामा मारिएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै भारतसरकारसमक्ष शोक व्यक्त गरेका थिए । गत मङ्गबार दुर्घटनामा मारिएकाको सम्झनामा भारत राजकीय शोकमा थियो ।

पुल मर्मतसम्भारको ठेक्का पाएको ओरेभा ग्रुप अजन्ता म्यानुफ्याक्छचरिङ प्राइभेट लिमिटेडका दुई जना प्रबन्धक, ठेकेदारलगायत नौ जना कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका थिए । यद्यपि उनीहरूमाथि नियतवश ज्यान मार्ने उद्योग गरेको अभियोग भने नलगाइएको बताइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १ : ०२ बजे

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल