इथियोपियामा भएको युद्धविरामको दक्षिण अफ्रिकाद्वारा स्वागत | Khabarhub Khabarhub

इथियोपियामा भएको युद्धविरामको दक्षिण अफ्रिकाद्वारा स्वागत


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जोहानेस्बर्ग – इथियोपियामा भएको युद्धविरामको दक्षिण अफ्रिकाले स्वागत गरेको छ। दक्षिण अफ्रिकाको सरकारले बिहीबार सो युद्धविरामको स्वागत गरेको बताइएको हो।

इथियोपियाको सरकार र उत्तरी इथियोपियामा हिंसात्मक द्वन्द्व गरिरहेको विद्रोही समूह टिगरे पिपुल्स लिबरेसन फ्रन्टका बीचमा बुधबार युद्धविराम भएको थियो।

सो युद्धविरामको संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले पनि बिहीबार स्वागत गरेका छन्। उनले यहाँ भएको युद्धविरामको समयलाई लम्ब्याउन र यसैमार्फत् इथियोपियामा शान्ति स्थापनाका लागि सबैको सहयोगका लागि आग्रह गरेका छन्।

दक्षिण अफ्रिकाको प्रिटोरियामा इथियोपियाको सरकारका प्रतिनिधि र यहाँको टिगरे क्षेत्रमा हिंसा जारी राखेको टिगरे पिपुल्स लिबरेसन्स फ्रन्ट समूहका बीच शान्ति वार्ता भएको थियो र यसैक्रममा दुवै पक्ष बुधबार हालका लागि युद्धविराम गरी वार्ता प्रक्रिया अघि बढाउन सहमत भएका थिए।

दक्षिण अफ्रिकी सरकारको समन्वयमा सो वार्ता सुरु भएको र त्यसपछि बुधबार यी दुवै पक्ष तत्कालै युद्धविराम गर्न सहमत भएका थिए। सो युद्धविरामको राष्ट्रसङ्घ र विश्व समुदायले नै स्वागत गरेको छ।

दक्षिण अफ्रिकाको सरकारले प्रकाशन गरेको विज्ञप्तिमा टिगरे क्षेत्रमा जारी रहेको हिंसाका कारण यहाँको जनजीवन प्रभावित भएको भन्दै यसबाट नागरिकको शान्तिपूर्ण र स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकारको सम्मान गर्न तथा देशमा शान्ति स्थापना गर्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।

बुधबार इथियोपियाली सरकार र उत्तरी इथियोपियाली टिगरेका विद्रोहीका तर्फबाट जारी गरिएको युद्धविरामको अवधिलाई थप लम्ब्याएर यसैबाट शान्ति स्थापनाको बाटो पहिल्याउन पनि सो विज्ञप्तिमा आग्रह गरिएको छ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १ : १२ बजे

कान्तिलोकपथ सडक पूर्ण रूपमा सञ्चालन

बागमती–  हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आजदेखि सञ्चालनमा आएको छ । मकवानपुरको

वीर अस्पतालले जुन महिनाभरी ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया गर्ने

काठमाडौं– वीर अस्पतालले जुन महिनाभरी ब्रेन ट्युमरका बिरामीहरूको निःशुल्क शल्यक्रिया

प्रधानमन्त्री ओलीलाई चेपाङ समुदायबाट चिउरी उपहार

हेटौँडा–  मकवानपुरको राक्सिराङ गाउँपालिकाका चेपाङ समुदायले बागमती प्रदेशसभा सदस्य भारती

देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्छ : धनराज गुरुङ

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देश विकासमा योगदान गर्नेलाई

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन