इबोला नियन्त्रण गर्न युगाण्डालाई २ करोड डलर आवश्यक « Khabarhub

इबोला नियन्त्रण गर्न युगाण्डालाई २ करोड डलर आवश्यक


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इबोला रोगका विरुद्धमा सङ्घर्ष गर्नका लागि आर्थिक सहयोग आवश्यक रहेको युगाण्डाको सरकारले जनाएको छ । अफ्रिकी मुलुक युगाण्डाको सरकारले हाल त्यहाँ फैलिएको इबोलाको प्रकोपको नियन्त्रण गर्न र यसकाविरुद्ध लड्न कम्तीमा पनि २ करोड अमेरिकी डलर आवश्यक रहेको जनाएको हो ।

युगाण्डका स्वास्थ्य मन्त्री मार्गरेट मुहांगाले बिहीबार संसदमा बोल्दै इबोलाको प्रकोपका विरुद्धमा लड्न सो रकम आवश्यक रहेको जानकारी दिएका हुन् । उनले पछिल्लो समयमा इबोलाको प्रकोपले देशको स्वास्थ्य क्षेत्रलाई नै चुनौती दिन थालेको भन्दै यसका लागि सो रकम आवश्यक परेको र यसबाट इबोलाको औषधि उपचारका लागि अन्य स्वास्थ्य संरचनाहरु निर्माण गर्नुपर्ने अवस्था रहेको संसदमा जानकारी दिएका हुन् ।

हालैमात्र विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम ग्याब्रेसियसले पनि युगाण्डा र यसका छिमेकी देशहरुमा इबोलाको प्रकोप बढिरहेकाले यसको रोकथाम तथा नियन्त्रणका लागि रकम आवश्यक रहेको ट्वीट गरेर जानकारी दिएका छन् ।

यसअघि युगाण्डको सरकारले पनि देशको ठूलो मात्राको बजेट इबोला नियन्त्रणका लागि खर्च भइसकेको तर अझै महामारी नरोकिएकाले ठूलो रकम आवश्यक रहेकाले सहयोगका लागि विश्व समुदायसँग आग्रह पनि गरेको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ४ : ३५ बजे

६५ प्रतिशत मत खस्ने आयोगको अनुमान

काठमाडौँ – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण

पूर्वराष्ट्रपति भण्डारीद्वारा मतदान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन

यो निर्वाचनले देश सञ्चालनको मार्गचित्र बनाउँछ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर

पाल्पामा शान्तिपूर्ण मतदान (तस्बिरहरू)

काठमाडौं– पाल्पा जिल्लामा आज प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान

पूर्वगृहमन्त्री लेखकले गरे कञ्चनपुरबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले मतदान