आफ्ना पानीजहाजमाथि युक्रेनी हमलाबारे रूसले बेलायतका राजदूतलाई बोलायो « Khabarhub

आफ्ना पानीजहाजमाथि युक्रेनी हमलाबारे रूसले बेलायतका राजदूतलाई बोलायो


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कृष्ण सागरको सेभास्टोपोल बन्दरगाहमा आफ्ना पानीजहाजमाथि युक्रेनीहरूले गरेको हमलामा बेलायतको समेत संलग्नता रहेको भन्दै त्यससम्बन्धमा विरोध जनाउन मस्काले बेलायती राजदूतलाई बोलाएर स्पष्टीकरण लिएको छ ।

रूसी विदेशमन्त्रालयले राजधानी मस्कोस्थित बेलायतका राजदूत डेबोरा ब्रोनर्टलाई बिहीबार मन्त्रालयमा बोलाएर कृष्ण सागरमा आफ्ना जहाजमाथि गरिएको युक्रेनी आक्रमणका निम्ति बेलायतका फौजी विशेषज्ञ परिचालन भएका तथा बेलायतबाट अन्य सहायतासमेत प्रदान गरिएको सम्बन्धमा स्पष्टीकरण लिएको हो ।

बेलायतले द्वन्द्व बढाउने गतिविधि बढाएकामा मस्कोले आपत्ति जनाउँदै त्यसले अप्रत्याशित जोखिम र परिणाम निम्त्याउने चेतावनी दिएको छ । द्वन्द्वमा प्रत्यक्ष प्रभाव पार्ने आक्रमक कार्य जारी रहेमा त्यसले दुई देशबीचको सम्बन्धमा पनि तनाव सृजना गर्ने बताउँदै विदेश मन्त्रालयले त्यसको जिम्मेवारी बेलायतको पक्षमा पर्ने विरोधपत्रमा उल्लेख गरेको छ ।

बढ्दो वैमनस्यपूर्ण एवम् उत्तेजक गतिविधिप्रति असहमति जनाउँदै क्रेमलिनले त्यस्ता गतिविधि तत्काल बन्द गर्न माग गरेको विदेश मन्त्रालयले ट्वीट गरेको छ । यसअघि युक्रेनको नौ सेनाका साथै युक्रेनी सैन्यबलका गोताखोरलाई बेलायतले तालिम दिएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ५ : १९ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका