बझाङमा एक जनाले मात्रै बुझाए हातहतियार « Khabarhub

बझाङमा एक जनाले मात्रै बुझाए हातहतियार


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धनगढी – बझाङमा अहिलेसम्म १ जनाले मात्रै हातहतियार बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय बझाङले आफूसँग भएका इजाजतप्राप्त हातहतियार ३५ दिनभित्र बुझाउन भन्दै गत असोज १४ गते सूचना जारी गरेको थियो ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई सुरक्षित एवं भरपर्दो बनाउन जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियारहरु कात्तिक ५ गतेभित्र बुझाउन सूचनामार्फत भनिएको थियो । सोही अनुसार जिल्लाभरिमा १ जनाले मात्र हातहतियार बुझाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

निर्धारित समयमा हातहतियार नबुझाउनेसँग फेरि हातहतियार फेला परेमा कानुन बमोजिम कारबाही गरिने प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ८ : २२ बजे

‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ स्याङ्जा

स्याङ्जा– पछिल्ला वर्षहरूमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्