दार्चुलाबाट एमालेको ‘राष्ट्रिय चुनावी अभियान शुभारम्भ’ « Khabarhub

दार्चुलाबाट एमालेको ‘राष्ट्रिय चुनावी अभियान शुभारम्भ’


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)ले सुदूरपश्चिमको दार्चुलाबाट निर्वाचन प्रचार अभियान देशव्यापीरुपमा शुभारम्भ गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले दार्चुला सदरमुकाम खलङ्गामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै राष्ट्रियता, कालापानीको भू–भागको संरक्षण र पछाडि परेको क्षेत्रको विकास गर्नका लागि चुनावी अभियान सुरु भएको घोषणा गरे ।

निर्वाचन राष्ट्रिय अभियानको सुरु गर्न बिहीबार अध्यक्ष ओली धनगढी पुगेको थिए । उनले आज बैतडी र कञ्चनपुरमा आयोजना हुने चुनावीसभालाई पनि सम्बोधन गरेको पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जानकारी दिए।

निर्वाचन आयोगको आचारसंहिताअनुसार दोस्रो चरणको निर्वाचन प्रचारप्रसार बिहीबारदेखि सुरु भएको छ । निर्वाचन अभियानको पहिलो चरणदेखि नै उम्मेदवार जनताको घरदैलोमा पुगिरहेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले आफ्नो पक्षमा मत प्राप्त गर्न जनताको मन जित्न विभिन्न प्रयासमा लागिरहेका छन् ।

निर्वाचन आयोगको आचारसंहिता, २०७९ को दफा १३ अनुसार मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा गर्न पाइने भएकाले बिहीबारदेखि दोस्रो चरणको चुनावी प्रचार अभियान सुरु भएको हो । आगामी निर्वाचनमा एक करोड, ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताले भाग लिँदैछन् । त्यसमध्ये महिला ८८ लाख ४७ हजार पाँच सय ७९ र पुरुष ९१ लाख ४० हजार आठ सय छ रहेका छन् भने अन्य एक सय ८५ रहेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ८ : ५५ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन