आठ करोड तीन लाख भन्दा धेरै मतपत्र छापियो « Khabarhub

आठ करोड तीन लाख भन्दा धेरै मतपत्र छापियो


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने कूल आठ करोड तीन लाख ९४ हजार पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधिसभातर्फ एक करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ दुई करोड चार लाख २१ हजार मतपत्र छपाइ भएको छ । प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि एक करोड ९९ लाख १८ हजार पाँच सय र समानुपातिकतर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।

निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई मतपत्र छपाइको जिम्मा दिएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ९ : ३८ बजे

नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं- भारतीय उपमहाद्वीपमा मेजरिंग टुल्स उत्पादन गर्ने एक फ्रीमांसले नेपाली क्रिकेटर

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले