सम्पदा र संस्कृति देशको अमूल्य सम्पत्ति हुन्: ईश्वर पोखरेल « Khabarhub

सम्पदा र संस्कृति देशको अमूल्य सम्पत्ति हुन्: ईश्वर पोखरेल


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्पदा र संस्कृति देशको अमूल्य सम्पत्ति भएको बताएका छन् ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ बाट नेकपा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार बनेका वरिष्ठ उपाध्यक्ष पोखरेलले आज बूढानीलकण्ठ मेलामा सहभागी हुँदै संस्कृति र सम्पदा देशको सम्पत्ति भएकाले यसको संरक्षण गर्नुपर्ने बताएका हुन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले बूढानीलकण्ठ क्षेत्रको बृहत्तर विकासमा आफू सधैँ सक्रिय रहेको उल्लेख गरे । उनले बूढानीलकण्ठ मन्दिरको दर्शन गर्दै मन्दिरलाई थप व्यवस्थित बनाउने तथा मेलामा आएका भक्तालुलाई सहज वातावरणमै बूढानीलकण्ठको दर्शन गर्ने व्यवस्था मिलाउन मन्दिरका संरक्षकलाई आग्रह गरे ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १० : ३० बजे

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

काठमाडौं– यही माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

बसको ठक्करबाट बालिकाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको

राष्ट्रिय झण्डा लुगा बनाइँदा सरकारको कडाइ : चुनावमा दुरुपयोग बढ्यो

काठमाडौं – जेन–जी आन्दोलनका क्रममा संसद् भवनमा आगो लगाउन गएकाको

मुस्ताङमा ११ हजार ३२८ जना मतदाता, २८ मतदान केन्द्र

जोमसोम– आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि थासाङ गाउँपालिकास्थित