बेलबारी गोल्डकपः क्यामरुनविरूद्व सिरहाको जीत « Khabarhub

बेलबारी गोल्डकपः क्यामरुनविरूद्व सिरहाको जीत


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङको लक्ष्मीमार्गमा जारी पाँचौँ बेलबारी बुद्व एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा सहलेस युथ क्लब सिरहा सेमिफाइनलमा प्रवेश गरेको छ ।

डाँगीहाट युथ क्लबद्वारा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शनबीच पनि क्यामरुनको एभिनियर फुटबल क्लब सिरहासँग पराजित भएर खेलबाट बाहिरिएको हो । सहलेस युथ क्लबसँग २–१ गोल अन्तरले पराजित भएपछि क्यामरुन गोल्डकपबाट बिदा लिएको छ ।

विदेशी पाहुना टोली क्यामरुनमाथि हाबी भएको सिरहाको जीतमा दुवै गोल जर्सि नं ७ का फोडे फोफोनाले गरेका थिए । क्यामरुनलाई पन्छाउँदै सिरहाका तर्फबाट फोडेले ७ र ६७औँ मिनेटमा गोल गरेर आफ्नो टोलीको खेल गरिमालाई जोगाएका हुन् ।

पहिलो हाफको अतिरिक्त समयको थप तीन मिनेटमा जर्सी नं ७ का सोङ्गले गोल गर्दै क्यामरुन खेलमा फर्किएर सिरहासँग बराबर हुन पुगेको थियो । जीत आफ्नो पक्षमा पारेर खेलमा साख जोगाउनका लागि दोस्रो गोल भने सिरहाको मध्यान्तरपछि मात्रै सम्भव भएको थियो । ६८औँ मिनेटमा सिरहाले अर्को गोल थप्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । अन्तिम समयको प्रतिस्पर्धामा सिरहाले गोल लगाएका कारण माध्यान्तर पछिको खेल अझै रोचक बनेको थियो । डी–बक्सभित्र क्यामरुनका एनिसको हातमा बलले लागेपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै फोडेले दोस्रो गोल गरेर आफ्नो टोलीको पक्षमा नतिजा निकालेका थिए ।

एक्लै दुई गोल गर्न सफल भएका सिरहा क्लबका फोडे सबै खेलप्रेमी दर्शकसामु प्रिय बने । सिरहाको तुलनामा क्यामरुमले धेरै गोल गर्ने अवसर पाए पनि खेलाडी बीचको तालमेल र समयको सदुपयोग गर्न नसक्दा नजिताबाट पछि हट्नुप¥यो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले भरिपूर्ण तथा दर्शक श्रोताको हुटिङसहितको बाक्लो उपस्थितिमा भएको खेलको ‘म्यान अफ दी म्याच’ सिरहाका पेपे घोषित भए । उनले नगद रु पाँच हजार पुरस्कार र ट्रफी हात पारे ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १० : ४७ बजे

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

काठमाडौं– यही माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

बसको ठक्करबाट बालिकाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको

राष्ट्रिय झण्डा लुगा बनाइँदा सरकारको कडाइ : चुनावमा दुरुपयोग बढ्यो

काठमाडौं – जेन–जी आन्दोलनका क्रममा संसद् भवनमा आगो लगाउन गएकाको

मुस्ताङमा ११ हजार ३२८ जना मतदाता, २८ मतदान केन्द्र

जोमसोम– आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि थासाङ गाउँपालिकास्थित