बेलबारी गोल्डकपः क्यामरुनविरूद्व सिरहाको जीत « Khabarhub

बेलबारी गोल्डकपः क्यामरुनविरूद्व सिरहाको जीत


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङको लक्ष्मीमार्गमा जारी पाँचौँ बेलबारी बुद्व एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा सहलेस युथ क्लब सिरहा सेमिफाइनलमा प्रवेश गरेको छ ।

डाँगीहाट युथ क्लबद्वारा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शनबीच पनि क्यामरुनको एभिनियर फुटबल क्लब सिरहासँग पराजित भएर खेलबाट बाहिरिएको हो । सहलेस युथ क्लबसँग २–१ गोल अन्तरले पराजित भएपछि क्यामरुन गोल्डकपबाट बिदा लिएको छ ।

विदेशी पाहुना टोली क्यामरुनमाथि हाबी भएको सिरहाको जीतमा दुवै गोल जर्सि नं ७ का फोडे फोफोनाले गरेका थिए । क्यामरुनलाई पन्छाउँदै सिरहाका तर्फबाट फोडेले ७ र ६७औँ मिनेटमा गोल गरेर आफ्नो टोलीको खेल गरिमालाई जोगाएका हुन् ।

पहिलो हाफको अतिरिक्त समयको थप तीन मिनेटमा जर्सी नं ७ का सोङ्गले गोल गर्दै क्यामरुन खेलमा फर्किएर सिरहासँग बराबर हुन पुगेको थियो । जीत आफ्नो पक्षमा पारेर खेलमा साख जोगाउनका लागि दोस्रो गोल भने सिरहाको मध्यान्तरपछि मात्रै सम्भव भएको थियो । ६८औँ मिनेटमा सिरहाले अर्को गोल थप्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । अन्तिम समयको प्रतिस्पर्धामा सिरहाले गोल लगाएका कारण माध्यान्तर पछिको खेल अझै रोचक बनेको थियो । डी–बक्सभित्र क्यामरुनका एनिसको हातमा बलले लागेपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै फोडेले दोस्रो गोल गरेर आफ्नो टोलीको पक्षमा नतिजा निकालेका थिए ।

एक्लै दुई गोल गर्न सफल भएका सिरहा क्लबका फोडे सबै खेलप्रेमी दर्शकसामु प्रिय बने । सिरहाको तुलनामा क्यामरुमले धेरै गोल गर्ने अवसर पाए पनि खेलाडी बीचको तालमेल र समयको सदुपयोग गर्न नसक्दा नजिताबाट पछि हट्नुप¥यो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले भरिपूर्ण तथा दर्शक श्रोताको हुटिङसहितको बाक्लो उपस्थितिमा भएको खेलको ‘म्यान अफ दी म्याच’ सिरहाका पेपे घोषित भए । उनले नगद रु पाँच हजार पुरस्कार र ट्रफी हात पारे ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १० : ४७ बजे

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा