अष्ट्रेलियालाई हराउँदै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा « Khabarhub

अष्ट्रेलियालाई हराउँदै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गएराति भएको खेलमा अष्ट्रेलियालाई पराजित गर्दै अर्जेन्टिना कतारमा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

शनिबार राति कतारको अहमेद बिन अलि स्टेडियममा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ गोल अन्तरले पराजित गरेको हो।

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल गरे। उता
अष्ट्रेलियाले भने आत्मघाती गोल उपहार पाएको हो।

खेलको पहिलो हाफको ३५ औं मिनेटमा कप्तान मेस्सीको गोलमा अर्जेन्टिनाले सुरुवाती अग्रता बनाएको थियो। यो मेस्सीको खेल जीवनको एक हजारौं गोल हो।

दोस्रो हाफको ५७ मिनेटमा अल्भारेजले अर्जेन्टिनाका लागि दोस्रो गोल गरे। खेलको ७७ मिनेटमा इन्जो फर्नान्डेजले आत्मघाती गोल गरे पनि अर्जेटिना २–१ ले विजयी हुँदै अन्तिम आठमा प्रवेश गरेको हो।

अब अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ।

अमेरिकालाई पराजित गर्दै नेदरल्यान्ड्स क्वाटरफाइनलमा पुगिसकेको छ। अष्ट्रेलिया र अमेरिका भने प्रतियोगिताबाट बाहिरिएका छन्।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ४ : ५९ बजे

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि