कांग्रेस प्रवक्ता महत र सीके राउतबीच भेटवार्ता « Khabarhub

कांग्रेस प्रवक्ता महत र सीके राउतबीच भेटवार्ता


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके) बीच भेटवार्ता भएको छ। आइतबार बिहान बाँसबारीस्थित प्रवक्ता महतको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा प्रवक्ता महतले डा. राउतलाई निर्वाचनमा विजयी भएकोमा बधाई दिएका थिए। यस्तै पछिल्लो राजनीतिक घटनाक्रममा समेत उनीहरूबीच छलफल भएको समेत जनाइएको छ। अध्यक्ष राउत सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै विजयी भएका थिए।

पछिल्लो समय डा. राउत र शीर्ष नेताहरूबीच भेटघाट बाक्लिएको छ। महत कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेता हुन्। उनले यसअघि कांग्रेस नेता डा.शेखर कोइरालालाई उनकै निवास पुगी सांसद विजयी भएकोमा बधाई दिएका थिए। महत आफैं भने यो निर्वाचनमा लडेनन्। उनी समानुपातिकतर्फ खसआर्य क्लस्टर सूचीको पहिलो नम्बरमा छन्।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  १ : ३४ बजे

विराटनगर महानगरले राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने

काठमाडौँ – विराटनगर महानगरपालिका निवासी क्रिकेटर ललित राजवंशी र दीपेश

आठ महिनामा दुई सय चौध दुर्घटना

चितवन – चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय

सरकारी कामकाजमा तामाङ र नेवारी भाषाको प्रयोगबारे छलफल सुरु

काठमाडौँ – नेवारी र तामाङ भाषाको बाहुल्य रहेको बागमती प्रदेशमा

कामपाको न्यायिक समितिमा ७५ प्रतिशत घर बहालका उजुरी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायिक समितिमा सबैभन्दा बढी ७५ प्रतिशत

चीनका राष्ट्रपति सी र रुसका राष्ट्रपति पुटिन बीच भेट

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी चिननफिङले सोमबार तीन दिने राजकीय