विश्वका आधा लोकतान्त्रिक देशमा ‘लोकतन्त्रको क्षय’ « Khabarhub

विश्वका आधा लोकतान्त्रिक देशमा ‘लोकतन्त्रको क्षय’


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एक अन्तर्राष्ट्रिय संस्थाले विश्वका आधा लोकतान्त्रिक देशहरूले अहिले ‘लोकतन्त्रको क्षय’ अनुभव गरिरहेको दाबी गरेको छ ।

स्विडेनको राजधानी स्टकहोल्ममा आधारित आइडिया नामक संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा कोभिड–१९ महामारी, मौसम परिवर्तन, गिर्दो आर्थिक वृद्धि र युक्रेनमा जारी रुसी आक्रमणका कारण लोकतन्त्रको अवस्था झनै बिग्रिएको दाबी गरिएको छ ।

अभिव्यक्ति स्वतन्त्रतामा अवरोध, निर्वाचनको वैधानिकतामा अविश्वासजस्ता कारणले लोकतान्त्रिक संस्थाहरुको क्षय हुँदै गएको उक्त प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा अधिनायकवादी सरकारहरु झन् दमनकारी हुँदै गएको समेत उल्लेख गरिएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यस संस्थाले सार्वजनिक गरेको तथ्यांकमा अभिव्यक्ति स्वतन्त्रता, व्यक्तिगत आत्मसम्मान, सुरक्षाजस्ता १ सयवटा चरलालाई समावेश गरिएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  २ : ५० बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित