पहिलो टेस्टमा अस्ट्रेलिया १५४ रनले विजयी « Khabarhub

पहिलो टेस्टमा अस्ट्रेलिया १५४ रनले विजयी


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- घरेलु टोली अस्ट्रेलियाले पहिलो टेस्टमा वेस्ट इन्डिजविरुद्ध आइतबार एक सय ५४ रनको विशाल जित निकालेको छ । यस जितसँगै अस्ट्रेलियाले दुई टेस्टको शृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो तथा अन्तिम खेल ८ डिसेम्बरमा एडिलेडमा हुनेछ ।

पर्थ स्टेडियममा जितका लागि चार सय ९८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज तीन सय ३३ रनमा समेटिएपछि अस्ट्रेलियाले जित निकालेको हो । १९२–२ को स्थितीबाट पाँचौ दिनको सुरवात गरेको वेस्ट इन्डिजले थप एक सय ४१ रन जोड्दा बाँकी आठ विकेट गुमाएको थियो ।

वेस्ट इन्डिजका लागि कप्तान क्रायग ब्रेथवेटले १३ चौकाको मद्दतमा एक सय १० रन बनाएका थिए । रोस्टन चेसले ५५ रन जोडे । त्यस्तै तिगिनारायण चन्द्रपौलले ४५ र अल्जारी जोसेफले ४३ रनको योगदान दिए ।अस्ट्रेलियाका लागि नाथन लियोनले सर्वाधिक ६ विकेट लिए ।

पहिलो इनिङमा अस्ट्रेलियाले ५९८–४ को बलियो स्थितिमा रह्यो । वेस्ट इन्डिज दुई यस ८३ रनमा अलआउट भएको थियो । यससँगै अस्ट्रेलियाले तीन सय १५ रनको अग्रता बनाएको थियो ।

अस्ट्रेलियाले १८२२ को स्थितीमा दोस्रो इनिङ समाप्तिको घोषणा गरेको थियो । यससँगै अस्ट्रेलियाले वेस्ट इन्डिजसामु जितका लागि चार सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अस्ट्रेलियाका लागि मार्नुस लाबुसेनले एक सय १० बलमा १३ चौका र दुई छक्का मद्दतले अविजित एक सय चार रन बनाए ।त्यस्तै, डेविड वार्नरले ४८ रन बनाउँदा स्टिभ स्मिथ २० रनमा अविजित रहे । वेस्ट इन्डिजका लागि केमर रोच र रोस्टन चेसले समान एक विकेट लिए ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ५ : ०५ बजे

प्रदेशलाई भोट नहालेको तीन वर्षमै फेरियो बालेन्द्रको बोली

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह

निर्वाचनमा कतिपय स्थानमा तालमेल हुन पनि सक्छ : उपाध्यक्ष गुरुङ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले

शेख हसिनाका छोरा सजीबको चेतावनी, ‘निर्वाचनपछि जमात-ए-इस्लामी भारतका लागि खतरा बन्न सक्छ’

ढाका- बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजिदले आगामी

डेब्यू फिल्म ‘कुमारी’ रिलिज नहुँदै अबिषेकले साइन गरे ‘श्रीनिवास, हरिवंशसँग स्क्रिन सेयर गर्दै

काठमाडौं – ‘कुमारी’बाट लिड नायकमा डेब्यू गरेका अबिषेक खड्काले अर्को

चिकित्सकले रोकेपछि रवि चितवन गएनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चिकित्सकको सल्लाहका कारण