दिगो पर्वतीय विकास सम्मेलन सम्पन्न « Khabarhub

दिगो पर्वतीय विकास सम्मेलन सम्पन्न


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाण्डौँमा आयोजित दिगो पर्वतीय विकास सम्मेलन सम्पन्न भएको छ । हिमालको दिगो व्यवस्थापनका लागि सरोकारवालाहरु सबैको चासो र एकिकृत प्रयास आवश्यक भएको निष्कर्ष निकाल्दै सम्मेलन सम्पन्न भएको हो ।

काठमाडौँको चन्द्रागिरीमा आयोजित सम्मेलनमा सहभागीहरुले विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तन र यसले हिमालय र समग्र वातावरणमा पारेको असरबारे गम्भीर चिन्ता र चासो व्यक्त गरेका थिए ।

संयुक्त राष्ट्रसंघ महासभाले सन् २०२२ लाई अन्तराष्ट्रिय दिगो पर्वतीय विकास वर्षको रुपमा मनाउने घोषणा गरेअनुसार अन्तर्राष्ट्रिय पर्वतीय दिवसको पूर्वसन्ध्यामा सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा विभिन्न देशका हिमालय क्षेत्रका विज्ञ तथा वैज्ञानिकहरुको सहभागिता रहेको थियो ।

सम्मेलनमा नेपालसहित अमेरिका, बेलायत, जापान, चीन, भियतनाम, चिली, स्पेन, भारतलगायत देशका विज्ञहरुले प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट प्रस्तुतीकरण दिएका थिए ।

सहभागीहरुले हिमालको दिगो व्यवस्थापन गर्न नसके यसले प्राकृतिक र मानवीय दुबै क्षेत्रमा गम्भीर परिणाम निम्त्याउनसक्ने भन्दै सरोकारवालाहरुलाई गम्भीर बन्न सुझाव दिएका थिए ।

नेपाल पर्यटन बोर्डको आयोजना तथा त्रिभुवन विश्व विद्यालय, काठमाण्डौं विश्वविद्यालय, होकाइदो युनिर्भसिटी जापान, युनिर्भसिटी अफ कोलोराडो अमेरिका, जीएलपी जापान, डब्ल्यूडब्ल्यूएफ नेपाल, इसिमोड, यूएनडिपी लगायतका संस्थाहरुको प्राविधिक सहयोग तथा समन्वयमा सम्मेलनको आयोजना गरिएको हो ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ७ : ५० बजे

कांग्रेस कार्यकर्तालाई गगनको निर्देशन : आफ्नो क्षेत्र छाडेर अन्त नजानुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता-कार्यकर्ताहरूला आगामी फागुन

गगनको संकल्प : कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरुको एकमात्रै ध्येय

राष्ट्रियसभामा तीन अध्यादेश पेस

काठमाडौं– राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश

यी पाँच मापदण्ड तय गर्दै गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो कांग्रेसले

नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको

संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृह बस्ने नमिल्ने गरी ध्वस्त