नक्कली प्रमाणपत्र पेश गरी जागिर खाने कर्मचारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर « Khabarhub

नक्कली प्रमाणपत्र पेश गरी जागिर खाने कर्मचारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गरी करार सेवामा प्रवेश गर्ने कर्मचारीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अख्तियारले पूर्वाधार विकास कार्यालय ओखलढुङ्गामा कार्यरत ल्याब टेक्निसियन राम एकवाल यादव उपर शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर गरेको हो ।

अख्तियारले आरोपपत्रमा उनले राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रही आर्थिक लाभसमेत लिने उद्देश्यले डिप्लेमा इन सिभिल इन्जिनियरिङको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको उल्लेख गरेको छ । नक्कली योग्यताको प्रमाणपत्र पेश गरी उनले पूर्वाधार विकास कार्यालय, ओखलढुङ्गामा सब–इन्जिनियर पदमा डोर हाजिरीमा तथा रा.प. अनंकित प्रथम श्रेणी ल्याब टेक्निसियन पदमा फरक फरक मितिमा दुई वर्षभन्दा बढी अवधिसम्म कार्यरत रहेको अख्तियारको आरोपपत्रमा जनाइएको छ । नक्कली शैक्षिक योग्यता पेश गरी उनले तलब, भत्ता र अन्य लाभसमेत लिएको अख्तियारको अनुसन्धानबाट देखिएको जनाइएको छ ।

यस्तै, राष्ट्रिय उच्च माध्यमिक विद्यालय कैलाली, खैलाडका उच्चमाध्यमिक विद्यालय संयोजक मथुरा चौधरीविरुद्ध पनि शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्र पेश गरेको भन्दै मुद्दा दायर गरिएको छ । चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्रहरु छानबिन गरिपाउँ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा स्नातक तहको नक्कली ट्रान्सक्रिप्ट, प्रेभिजनल सर्टिफिकेट, क्यारेक्टर सर्टिफिकेटहरु पेश गरी माध्यमिक तहको स्थायी शिक्षक पदमा नियुक्त भई कार्य गरेको पुष्टि हुन आएको जनाइएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ७ : २० बजे

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ– असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त