नक्कली प्रमाणपत्र पेश गरी जागिर खाने कर्मचारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर « Khabarhub

नक्कली प्रमाणपत्र पेश गरी जागिर खाने कर्मचारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गरी करार सेवामा प्रवेश गर्ने कर्मचारीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अख्तियारले पूर्वाधार विकास कार्यालय ओखलढुङ्गामा कार्यरत ल्याब टेक्निसियन राम एकवाल यादव उपर शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर गरेको हो ।

अख्तियारले आरोपपत्रमा उनले राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रही आर्थिक लाभसमेत लिने उद्देश्यले डिप्लेमा इन सिभिल इन्जिनियरिङको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको उल्लेख गरेको छ । नक्कली योग्यताको प्रमाणपत्र पेश गरी उनले पूर्वाधार विकास कार्यालय, ओखलढुङ्गामा सब–इन्जिनियर पदमा डोर हाजिरीमा तथा रा.प. अनंकित प्रथम श्रेणी ल्याब टेक्निसियन पदमा फरक फरक मितिमा दुई वर्षभन्दा बढी अवधिसम्म कार्यरत रहेको अख्तियारको आरोपपत्रमा जनाइएको छ । नक्कली शैक्षिक योग्यता पेश गरी उनले तलब, भत्ता र अन्य लाभसमेत लिएको अख्तियारको अनुसन्धानबाट देखिएको जनाइएको छ ।

यस्तै, राष्ट्रिय उच्च माध्यमिक विद्यालय कैलाली, खैलाडका उच्चमाध्यमिक विद्यालय संयोजक मथुरा चौधरीविरुद्ध पनि शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्र पेश गरेको भन्दै मुद्दा दायर गरिएको छ । चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्रहरु छानबिन गरिपाउँ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा स्नातक तहको नक्कली ट्रान्सक्रिप्ट, प्रेभिजनल सर्टिफिकेट, क्यारेक्टर सर्टिफिकेटहरु पेश गरी माध्यमिक तहको स्थायी शिक्षक पदमा नियुक्त भई कार्य गरेको पुष्टि हुन आएको जनाइएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ७ : २० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको