अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले मार्चमा भारतको भ्रमण गर्ने « Khabarhub

अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले मार्चमा भारतको भ्रमण गर्ने


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आगामी वर्षको मार्च महिनामा भारतको भ्रमण गर्ने भएका छन् । अष्ट्रेलियाका सञ्चारमाध्यमले जनाएअनुसार प्रधानमन्त्री अल्बानिजले भारत-अष्ट्रेलिया आर्थिक सहकार्य तथा व्यापार सम्झौता गर्न आगामी मार्च महिनामा भारतको भ्रमण गर्न लागेका हुन् ।

उनको भ्रमणदलमा अष्ट्रेलियाका व्यापारिक प्रतिनिधिहरुको पनि सहभागिता रहने बताइएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार अल्बानिजको भारत भ्रमणले दुई मुलुकको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।

हिन्द प्रशान्त क्षेत्रमा चीनले प्रभाव विस्तर गरिरहेका बेला अल्बानिजले भारतको भ्रमण गर्न लागेको जनाइएको छ । पछिल्लो समय चीनसँग भारत र अष्ट्रेलियाको सम्बन्धमा तिक्तता उत्पन्न भइरहेका बेला अष्ट्रेलियाका प्रधानमन्त्रीले भारतको भ्रमण गर्ने घोषणालाई निकै चासोपूर्वक हेरिएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ८ : ३५ बजे

राष्ट्रियसभा अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच संसदीय सहकार्यबारे छलफल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

जुम्ला– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा

मधेस प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने

जनकपुरधाम– मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने भएको

कान्ति र भक्तपुर क्यान्सर अस्पताल सम्झौता : बालबालिकाको क्यान्सर उपचारमा सहजता

काठमाडौं- कान्ति बाल अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबिच बालबालिकाको क्यान्सर

नेप्से परिसूचक २६ अंकले घट्यो, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको