पाकिस्तानको ऋण र दायित्व एकै त्रैमासिकमा १२२ खर्ब रुपैयाँले बढ्यो « Khabarhub

पाकिस्तानको ऋण र दायित्व एकै त्रैमासिकमा १२२ खर्ब रुपैयाँले बढ्यो


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको कूल ऋण एवम् वित्तीय दायित्व १२२ खर्ब पाकिस्तानी रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा पाकिस्तानको ऋण एवम् वित्तीय दायित्व २३ दशमलव ७ प्रतिशतले बढेको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रदान गरेको ऋण र पाकिस्तानी रुपैयाँको गिर्दो मूल्यका कारण ऋण बढ्न पुगेको द न्युज इन्टरनेशनलले जनाएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार आर्थिक वर्ष २०२२/२३ को पहिलो त्रैमासिक अर्थात जुलाईदेखि सेप्टेम्बरसम्म पाकिस्तानको कूल ऋण एवम् वित्तीय दायित्व ६२४ खर्ब ६० अर्ब पाकिस्तानी रुपैयाँभन्दा धेरै छ । अघिल्लो वर्षको यही अवधिमा मुलुकको कूल ऋण ५०४ खर्ब पाकिस्तानी रुपैयाँ रहेको थियो ।

समाचारमा जनाइएअनुसार यस अवधिमा पाकिस्तानको ऋण २४ दशमलब ७ प्रतिशतले बढेर ५९३ खर्ब पुगेको छ भने वित्तीय दायित्व २३ प्रतिशतले बढेर ३५ खर्ब ६० अर्बभन्दा धेरै पुगेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ९ : ३५ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले