ओलीभन्दा आलोचित बन्यो प्रचण्डको महाधिवेशन | Khabarhub Khabarhub

ओलीभन्दा आलोचित बन्यो प्रचण्डको महाधिवेशन

क्रान्तिकारी कम्युनिष्टमा ‘टिके’ प्रथाको बिगबिगी


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मंसिर दोस्रो हप्तातिर नारायणी किनारमा नेकपा एमालेको १० औँ महाधिवेशन चलिरहँदा त्यसलाई धेरैले ‘ओलीवेशन’को संज्ञा दिए । संसद विघटन गरेर सत्ता गुमाएपछि प्रतिपक्षी दलमा सीमित बनेको एमाले अध्यक्ष केपी शर्मा ओलीको हालीमुहाली केन्द्रित महाधिवेशन ‘ओलीवेशन’ बनेको थियो ।

जहाँ ओलीले चाहेका व्यक्ति पदाधिकारी बने । केन्द्रीय सदस्य बने । ओलीले नचाहेका व्यक्ति सूचीमै समेटिएन । नेतृत्व र पदाधिकारीमा आउन चाहेका नेताहरुलाई चुनाव गरेर पराजित गरियो । त्यसकारण एमालेको १० औँ नयाँ नेतृत्व ल्याउने महाधिवेशन कम ‘ओलिवेशन’ ज्यादा बनेको भन्दै टिप्पणी गरिएको थियो । यसरी एमालेको महाधिवेशनलाई ओलीवेशनको संज्ञा दिनेमा माओवादी नेता कार्यकर्ताको लाम लामै थियो ।

संसद विघटनपश्चात एमालेसँग विभाजन भएको माओवादी केन्द्र ओलीभन्दा धेरै क्रान्तिकारी पार्टी भएको नेता कार्यकर्ताको रुझान थियो । यो देशकै एउटै परिवर्तनको संवाहक माओवादी र त्यसको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गरिरहेको माओवादी नेता कार्यकर्ताको बुझाइ थियो/छ ।

तर, लगभग एउटै समयमा भएका एमाले र माओवादी पार्टीको महाधिवेशन हेर्दा ओलीभन्दा चर्को आलोचना प्रचण्डको भयो । एमालेको ओलीवेशनभन्दा प्रचण्डको हठात ‘टिके’ महाधिवेशन बदनाम बन्यो । जसले दुवै आफूलाई क्रान्तिकारी भन्ने पार्टी चरम ‘टिके’प्रथाबाट गुज्रिरहेको प्रष्टीकरण दिन्छ ।

ओली र प्रचण्डको समानता: टिके प्रथाको जगजगी

ओलीको महाधिवेशनलाई प्रचण्डले एक हुल झुण्डको संज्ञा दिन्थे । संसद् विघटनपछि बिग्रिएको सम्बन्धलाई प्रचण्डले झन् बिगार्ने गरी ओलीको आलोचना गर्न कुनै शब्द बाँकी राखेनन् । ओलीले नाम टिपेर केन्द्रीय सदस्य घोषणा गरे ।

सौराहामा ओलीले नाम वाचन गरेर केन्द्रीय सदस्य निर्वाचित गर्दा एमाले पार्टी काम ओली कम्पनी ज्यादा बनेको परिदृश्य देखिएको थियो । केन्द्रीय सदस्यको नाम वाचन गरेका ओलीले पदाधिकारी पनि त्यसै गरी टुङ्ग्याए ।

आफूले चाहेका व्यक्ति ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाएर ओलीले शंकर पोखरेललाई महासचिवको चाबी दिए । अनि भीम रावल र घनश्याम भुसाललाई ‘भित्तामा पुर्‍याए पनि’ चुनावमा जानबाट रोक्न सकेनन् । अन्ततः ओलीको महाधिवेशनलाई भीम रावल र घनश्याम भुसालले आफू हारेर भए पनि एमालेको महाधिवेशन बनाएरै सम्पन्न गरे ।

तर माओवादीमा ठीक उल्टो देखियो । राष्ट्रिय सम्मेलनलाई आफूखुशी आठौँ राष्ट्रिय महाधिवेशनमा परिणत गरेका प्रचण्डले खल्तीबाट केन्द्रीय सदस्यको सूची पढेर महाधिवेशन सम्पन्न गरे ।

विधानअनुसार केन्द्रीय सदस्यबाट आफूलाई स्वघोषितपछि औपचारिक अध्यक्ष घोषणा गर्न लगाएर माओवादीको आठौँ महाधिवेशन सकिएको घोषणा गरिदिए । मिडियामा टिके राजनीतिको आलोचना हुँदा प्रचण्डको मन मात्रै दुखेन । उनले महाधिवेशनमै आफ्नो रोष प्रकट गरे । तर पनि उनले आफ्नो टिके प्रथालाई रोकेका छैनन् ।

वर्षमान पुन र ओनसरी घर्ती चीनबाट फर्किएपछि मात्रै पदाधिकारी घोषणा गर्ने बताएका प्रचण्डको कार्यशैलीले माओवादीको महाधिवेशन ओलीभन्दा पनि आलोचित बनेको छ । आफूले चाहेको व्यक्तिलाई टिका लगाएर पदाधिकारी बनाउन सकियोस भनेरै प्रचण्डले महाधिवेशन सकिएको घोषणा गरेको बुझ्न गाह्रो छैन ।

आफू अध्यक्ष बनेर केन्द्रीय समिति बैठकबाट बाहिरिने क्रममा पत्रकारले पदाधिकारी कहिले बन्छ ? भन्ने प्रचण्डले सटिक जवाफ दिएका छन्, ‘पदाधिकारी तत्काललाई आवश्यक छैन ।’

आफ्नो टिके प्रथाप्रति मिडियाले आलोचनात्मक टिप्पणी गरेपछि चित्त दुखाएका प्रचण्डले केही दिनपछि मात्रै पदाधिकारी घोषणा गर्ने बताएका छन् । तर समग्रमा आठ दिनसम्म आठौँ महाधिवेशन चल्दा पनि अपूरो केन्द्रीय कमिटी घोषणा गर्ने अनि खल्तीबाटै पदाधिकारी पनि चुन्न नसक्ने प्रचण्डको माओवादी महाधिवेशन ओलीभन्दा झन् धेरै प्रतिगामी र आलोचित बनेको छ ।

 

 

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ९ : २६ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले