उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार « Khabarhub

उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ – उत्तर कोरियाले एउटा अज्ञात क्षेप्यास्त्र समुद्रामा प्रहार गरेको छ ।

उत्तरले प्रहार गरेको क्षेप्यास्त्र जापानको समुद्रनजिक पुगेको दक्षिण कोरियाले जनाएको छ । उत्तरले व्यालेस्टिक मिसाइल प्रहार गरेको हुन सक्ने जापानले जनाएको छ । तर, यसको पुष्टि भने हुन सकेको छैन् ।

स‌ंयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई व्यालेस्टिक र आणविक हतियार परीक्षण गर्न रोक लगाएको छ । यो उत्तरको यस वर्षको पहिलो आणविक परीक्षण भएको जापानको भनाई छ । उत्तर कोरियाको पछिल्लो परीक्षणबारे दक्षिण कोरिया र अमेरिकाको गुप्तचर निकायका अधिकारीहरुले सुक्ष्म विश्लेषण गरेका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्धीपमा अस्थिरता बढेकोले प्योङयाङले आफ्नो रक्षा क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याइरहेका बेला पछिल्लो परीक्षण सार्वजनिक भएको हो । नयाँ वर्षको पूर्वसन्ध्यामा वर्कस पार्टीको वैठकमा उनले सो आवश्यकता औंल्याएका थिए।

उत्तरको पछिल्लो परीक्षणप्रति जापानले खेद व्यक्त गरेको छ । उत्तरले सन् २०२१ को सुरुदेखि आणविक परीक्षण गरेको भन्दै यस्ता परीक्षण रोक्न माग गरेका छन् ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ९ : १९ बजे

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा