विश्व कैयौँ रहस्यले भरिएको छ । कतिपय यस्ता रहस्य छन् जसका बारेमा वैज्ञानिकले समेत पत्ता लगाउन सकेका छैनन् । यस्तै सुल्झन नसकेको एक रहस्य छ, डेथ भ्याली ।
अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्याली डुङ्गाका कारण विश्वभर चर्चित छ । त्यहाँ कैयौँ रहस्यहरू छन् । ती मध्ये एक रहस्य हो, डुङ्गाको हिँडाई । जहाँ ढुङ्गा आफैँ हिँडेर एक ठाउँबाट अर्को ठाउँ पुग्ने गर्छ ।
पत्यार नलाग्नेजस्तो यस विषयका कैयौँ प्रमाणहरू छन् । त्यहाँका कैयौँ ढुङ्गा एक ठाउँबाट अर्को ठाउँ पुगेका केही निशान भेटिएका छन् । यस बारेमा वैज्ञानिकले कैयौँ अनुसन्धान गरे । तथापि ढुङ्गा हिँड्नुको रहस्य पत्ता लगाउन सकेका छैनन् ।
सन् १९७२ मा एउटा ढुङ्गा १ किलोमिटरसम्म हिँडेको पत्ता लाग्यो । तर यो ढुङ्गा कसरी हिँड्यो त्यसबारे भने पत्ता लगाउन वैज्ञानिकले सकेनन्।
यस डुङ्गाका विषयमा ७ वर्षसम्म अनुसन्धान पनि भयो । तर ३१७ किलोग्रामको सो डुङ्गाका बारेमा कुनै प्रमाण हात लागेन । बरु केही बर्सपछि पुनः त्यसबारे खोज्न जाँदा सो डुङ्गाले थप १ किलोमिटर हिँडेको पाइयो ।
प्रतिक्रिया