एमाले जिल्ला अधिवेशन : बैतडीको अध्यक्षमा दुई जनाको दाबी « Khabarhub

एमाले जिल्ला अधिवेशन : बैतडीको अध्यक्षमा दुई जनाको दाबी


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – नेकपा (एमाले) बैतडी अध्यक्षमा दुई जनाले दाबी गरेका छन् । २३ पुसमा हुने आठौँ जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि वर्तमान जिल्ला अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले दावी प्रस्तुत गरेका हुन् ।

चन्द पक्ष अहिले चुनावी प्रचारप्रसारमा रहेको सचिवका दावेदार सन्तोषप्रकाश जोशीले बताए । उनले भने, ‘हामी टिमसहित चुनावमा जान्छौँ।’

पाल भने सहमतिबाटै अध्यक्ष बन्ने दाउमा छन् । पालले जिल्लाका नेता कार्यकर्तासँग लविङ गरिरहेका छन्। उनले भने, ‘नेताकार्यकर्ताको भावना बुझ्दा मलाई नै सर्वसम्मत जिल्ला अध्यक्षमा अघि सार्ने देखिन्छ । त्यसै अनुसार हुन्छ होला । कसैले नमानेमा चुनाव हुन्छ, चुनाव भएमा लड्नै पर्‍यो ।’

चन्दले भने वर्तमान अध्यक्ष पालले लामो समय पार्टीको नेतृत्व गरिसकेकाले अब हस्तान्तरण गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ११ : १५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको