प्रदेश २ मा पहिलोपल्ट युवा स्वरोजगार उत्प्रेरित महोत्सव « Khabarhub

प्रदेश २ मा पहिलोपल्ट युवा स्वरोजगार उत्प्रेरित महोत्सव


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – कृषि, पर्यटन, उद्योग र युवा स्वरोजगारलाई केन्द्रित गर्ने उद्देश्यले महोत्तरीको बर्दिबासमा महोत्सवको आयोजना हुने भएको छ ।

नेपाल चेम्बर अफ कमर्स महोत्तरीको आयोजनामा विशेषगरी युवाहरूलाइ स्वरोजगार बनाउने उद्देश्यसहित १३ देखी २४ माघसम्म महोत्सव हुने भएको हो ।

प्रथम बर्दिबास महोत्सव नाम राखिएको उक्त महोत्सवमा युवाहरूलाई कम लगानीमा उद्योगपति बनाउने उद्देश्यले राष्ट्रिय र अन्तर्राष्ट्रिय उद्योगीहरूलाई महोत्सवको स्टलमा निम्त्याउने आयोजक पक्षले जनाएको छ ।

महोत्तरीमा मात्र ४० भन्दा बढी उद्योग र कलकारखाना छन । थोरै लगानीमा पनि सफल उद्योगी बन्न सक्ने जानकारीको अभावमा युवाहरू पलायन भइरहेको बताउदै चेम्बर अफ कमर्स महोत्तरीका अध्यक्ष सुधिर अग्रवालले विदेश पलायनलाई समेत महोत्सवले रोक्ने आशा व्यक्त गरे ।

महोत्सवमा कृषि, स्थानीय उत्पादन, पर्यटनजस्ता विषयमा पनि उत्तिकै ध्यान दिइनेछ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  १२ : २६ बजे

एमाले अध्यक्ष ओलीलाई सान्तवना दिँदै बालेनले भने : पिताजस्तो रक्षक र गुरू कोही छैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी शर्मा ओलीका बुवा

प्रधानन्यायाधीश राउतलाई गृहनगरमा अभिनन्दन

कटारी- सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई कटारी नगरपालिकामा अभिनन्दन गरिएको

जनअनुमोदित यी अनुहार : वकिलदेखि व्यवसायीसम्मको संसद् यात्रा

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपालको राजनीतिक

इरानका नागरिकले ‘अनअराइवल’ भिसा नपाउने

काठमाडौं– नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले आगमन