प्रदेश २ मा पहिलोपल्ट युवा स्वरोजगार उत्प्रेरित महोत्सव « Khabarhub

प्रदेश २ मा पहिलोपल्ट युवा स्वरोजगार उत्प्रेरित महोत्सव


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – कृषि, पर्यटन, उद्योग र युवा स्वरोजगारलाई केन्द्रित गर्ने उद्देश्यले महोत्तरीको बर्दिबासमा महोत्सवको आयोजना हुने भएको छ ।

नेपाल चेम्बर अफ कमर्स महोत्तरीको आयोजनामा विशेषगरी युवाहरूलाइ स्वरोजगार बनाउने उद्देश्यसहित १३ देखी २४ माघसम्म महोत्सव हुने भएको हो ।

प्रथम बर्दिबास महोत्सव नाम राखिएको उक्त महोत्सवमा युवाहरूलाई कम लगानीमा उद्योगपति बनाउने उद्देश्यले राष्ट्रिय र अन्तर्राष्ट्रिय उद्योगीहरूलाई महोत्सवको स्टलमा निम्त्याउने आयोजक पक्षले जनाएको छ ।

महोत्तरीमा मात्र ४० भन्दा बढी उद्योग र कलकारखाना छन । थोरै लगानीमा पनि सफल उद्योगी बन्न सक्ने जानकारीको अभावमा युवाहरू पलायन भइरहेको बताउदै चेम्बर अफ कमर्स महोत्तरीका अध्यक्ष सुधिर अग्रवालले विदेश पलायनलाई समेत महोत्सवले रोक्ने आशा व्यक्त गरे ।

महोत्सवमा कृषि, स्थानीय उत्पादन, पर्यटनजस्ता विषयमा पनि उत्तिकै ध्यान दिइनेछ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  १२ : २६ बजे

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि