खोटाङका २० हजार बालबालिकालाई मोडर्ना खोप दिइँदै « Khabarhub

खोटाङका २० हजार बालबालिकालाई मोडर्ना खोप दिइँदै


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङका पाँच स्थानीय तहका बालबालिकालाई कोभिड–१९ विरुद्ध मोडर्ना खोप दिइएको छ ।

बराहपोखरी गाउँपालिकामा १७–१९ पुससम्म, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १८–२० पुससम्म, खोटेहाङ गाउँपालिकामा १८–२० पुससम्म, हलेसी तुवाचुङ नगरपालिकामा १८–२० पुससम्म र रावाबेँसी गाउँपालिकामा १८–२० पुससम्ममा १२ वर्षदेखि १७ वर्ष उमेर समुहका बालबालिकालाई मोडर्ना खोप दिइएको हो ।

१० स्थानीय तह रहेको जिल्लामा २० हजार बालबालिकालाई मोडर्ना खोप दिइने स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

साकेला गाउँपालिकामा १९–२१ पुससम्म, ऐंसेलुखर्क गाउँपालिकामा १९–२१ पुससम्म, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २१–२३ पुससम्म, केपिलासगढी गाउँपालिकामा २०–२३ पुससम्म र जन्तेढुंगा गाउँपालिकामा २०–२३ पुससम्म मोडर्ना खोप अभियान सञ्चालन हुनेछ । खोप लगाउनेमा अधिकांश छात्र/छात्रा छन् ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ३ : ४२ बजे

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६