झापामा वार्षिक ३७ हजार टन केरा उत्पादन | Khabarhub Khabarhub

झापामा वार्षिक ३७ हजार टन केरा उत्पादन


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– केरा खेतीमा झापा आत्मनिर्भर बनेको छ । कृषि ज्ञानकेन्द्रको तथ्यांकमा झापामा उत्पादन भएको केरा अन्य जिल्लामासमेत निर्यात हुन थालेको छ ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहका अनुसार जिल्लामा केरा खेती विस्तारका लागि संघीय सरकारमार्फत केरा खेती पकेट क्षेत्र सञ्चालन भइरहेको छ । जसबाट कृषक समूह, कृषि फर्मलाई अनुदान कार्यक्रम दिइदा केरा खेती बर्सेनि बढिरहेको छ । उनका अनुसार गत आर्थिक वर्ष ०७७÷०७८ मा झापामा एक हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा केरा खेती भएको थियो । जहाँ ३७ हजार मेट्रिक टन केरा उत्पादन भएको उनले बताए । जुन आर्थिक वर्ष ०७६÷०७७ को भन्दा धेरै हो । उक्त आर्थिक वर्षमा एक हाजर सात सय ७२ हेक्टरमा केरा लगाइएको थियो । जहाँ ३६ हजार तीन सय २६ मेट्रिक टन केरा उत्पादन भएको थियो ।

यो तथ्यांक हेर्दा झापामा प्रत्येक वर्ष केरा खेती गर्ने क्षेत्र बढिरहेको छ । ‘केरामा झापा आत्मनिर्भर छ । झापाको उत्पादन यहाँका लागि पर्याप्त छ,’ उनले भने, ‘यहाँका उत्पादन मोरङ, सुनसरीसँगै काठमाडौं, पोखरासम्म पुग्छ ।’ सरकारले केरालाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दा केरा खेती विस्तार भएको उनको भनाइ छ । चालु आर्थिक वर्षभित्र पनि एक सय हेक्टर क्षेत्रमा केरा खेती विस्तारको योजना रहेको सिंहले बताए । ‘हामी काम गर्ने कृषक, कृषि समूह र फर्मलाई अनुदानको कार्यक्रम दिन्छौँ । यस वर्ष पनि केरा खेती विस्तार गर्ने लक्ष्य छ,’ उनले भने । केराको बजार राम्रो भएका कारण पनि खेतीप्रति कृषकको आकर्षण बढेको उनले बताए । ‘केराको बजार राम्रो छ । यसमा कृषकलाई राम्रो आम्दानी हुन्छ । त्यसकारण पनि कृषक केरा खेतीप्रति आकर्षित छन्,’ प्रमुख सिंहले भने, ‘बगानबाटै ६० देखि ८० रुपैयाँ दर्जनमा केरा बिग्छ । केरा खेती गर्ने किसानलाई बजारको चिन्ता छैन ।’

यद्यपि, गत आर्थिक वर्षको तुलनामा झापामा केराको उत्पादकत्व भने घटेको छ । आर्थिक वर्ष ०७६÷०७७ मा केराको उत्पादनकत्व प्रतिहेक्टर २० दशमलव ५ मेट्रिक टन थियो । अघिल्लो आर्थिक वर्ष ०७७÷०७८ मा घटेर प्रतिहेक्टर उत्पादकत्व २० मेट्रिक टनमा झरेको ज्ञान केन्द्रको तथ्यांक छ । ‘केराको बोट सुक्ने र रेड बिटल किरा लाग्ने समस्याका कारण उपादकत्व घटेको देखिएको छ,’ प्रमुख सिंहले भने, ‘यो समस्या समाधानका लागि कृषि अनुसन्धान निर्देशनालय तरहराको विज्ञ टोली बोलाएर अनुसन्धान पनि गराएका छौँ ।’

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ३ : ५५ बजे

रुसको लेनिनग्रादमा रेल दुर्घटना, एक जनाको मृत्यु

मस्को– रुसको लेनिनग्रादमा आइतबार बिहान दुईवटा रेल आपसमा ठोक्किएर भएको

राष्ट्रपतिबाट महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता रमेश बडालको राजीनामा आइतबार स्वीकृत

जंगीअड्डासामु जेन-जीसँग कुटाकुट गरेका प्रेम लामा भृकुटीमण्डपमा पत्रकारसँग भिडे

काठमाडौँ– गत बिहीबार दिउँसो नेपाली सेनाको मुख्यालय अगाडि भएको कुटाकुट

पार्टी छोड्ने चर्चापछि तोसिमाले भनिन् ‘मेरो बारेमा चिन्ता लिनुको साटो देशको बारेमा सोच्नुहोस’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले पार्टी छोड्न लागेको

विध्वंशले निम्त्याएको तनाव कसरी व्यवस्थापन गर्ने ?

जेनजीको आन्दोलनमा स्कूले पोसाकमा थुप्रै किशोर किशोरीले वीरगति प्राप्त गरे