छानिँदै ‘माडवारी किड्स’ | Khabarhub Khabarhub

छानिँदै ‘माडवारी किड्स’


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–माडवारी समुदायका बालबालिकाहरुको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि आयोजना हुँदै गरेको ‘फेश अफ द माडवारी किड्स २०२१’ को तयारी अन्तिम चरणमा पुगेको छ । यसै शनिबार काठमाडौंमा एक समारोहबीच विजेताको चयन हुँदैछ ।

प्रतियोगिताका प्रतियोगीहरु विभिन्न प्रशिक्षणमा व्यस्त छन् । उनीहरुलाई कोरियोग्राफर एवं अभिनेता दिक्पाल कार्की र पुनम बर्माले विभिन्न प्रशिक्षण दिइरहेका छन् ।

प्रतियोगितामा विधि अग्रवाल, नाभिका अग्रवाल, विधि शाह, आरध्या अग्रवाल, वान्सिका जोधानी, रुट्बी अग्रवाल, अमारिया अग्रवाल, साईना अग्रवाल, पिहु चाचन, आध्या अग्रवाल, लक्ष्य अग्रवाल, गगन बन्सल, अन्सुल अग्रवाल, शिवान्स खेतान, भियोम शर्मा, रेयान्स मित्रुका, भिहान मिन्डा, कृतिम चाचन, जुयान्स तिब्रेवाल प्रतिष्पर्धी छन् ।

त्यस्तै तेजस पोद्दार, मायाँक गोयल, गर्भ वाहेटी, जयदेब बँशल, कुश तिब्रेवाल, मेदान्स अग्रवाल, गौतम अग्रवाल, दिब्यंका शर्मा, विधिता अग्रवाल, आस्ना अग्रवाल, आध्या शर्मा, आयुशी अग्रवाल, आंशिका मित्रुका दिब्या अग्रवाल, यशस्भी खेम्का, मानस्भी खेम्का पनि अन्तिम प्रतिस्पर्धी रहेका छन् ।

मिनपचासको बिदामा माडवारी समुदायका बालबालिकालाई उनीहरुको प्रतिभा प्रस्तुत गराउन विगत झैं यसपटक पनि यो प्रतियोगिता आयोजना गरिएको आयोजक रेखा मोदी मितृकाले बताइन् । रेखाले यस अघि ‘फेश अफ द माडवारी’ को आयोजना पनि गर्दै आएकी छिन् ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ४ : ४४ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र