गठबन्धनले निरन्तरता पाउँछ : अध्यक्ष नेपाल « Khabarhub

गठबन्धनले निरन्तरता पाउँछ : अध्यक्ष नेपाल


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अरू निर्वाचनहरुमा समेत निरन्तरता पाउने बताएका छन् ।

शङ्करापुर–२ मा बुधबार आयोजित कार्यक्रममा उनले गठबन्धनका दलहरुबीच आगामी सबै निर्वाचनमा मिलेर जाने गरी कुराकानी भइरहेको बताए ।

अध्यक्ष नेपालले आफ्नो पार्टीमा प्रवेशको लहर चलेको र कतिपय दलहरु समाहित हुन आइरहेको बताए । उनले भने, “ठूलो सङ्ख्यामा सङ्गठित सदस्य रहेका दलहरु पनि समाहित भइरहेका छन् ।”

अध्यक्ष नेपालले आफू निर्वाचित हुँदा र नहुँदा दुवै अवस्थामा आफूले काठमाडौँ क्षेत्र नं २ को विकासमा चासो र अग्रसरता लिँदै आएको बताउँदै काठमाडौँ जिल्ला भए पनि कर्णालीका रुपमा रहेको शङ्खरापुर–२ मा सडकलगायत पूर्वाधार निर्माणमा आफूले अग्रसरता लिँदै आएको दाबी गरे ।

“यो क्षेत्रमा कोटेश्वरदेखि लिएर भक्तपुर सिन्धुपाल्चोकको सीमासम्म र विकसितदेखि अविकसित ठाउँसम्म रहेको छ”, उनले भने, “त्यस क्षेत्रमा सडक, पार्क, विद्यालय भवनलगायत पूर्वाधार निर्माणमा आफ्नो सहयोग निरन्तर रहनेछ ।”

सो कार्यक्रममा उनले नेकपा एमाले शङ्करापुर–२ का वडा सचिव सोमबहादुर लामालगायतलाई पार्टी प्रवेश गराएका थिए।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ५ : ०७ बजे

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज जेठ २७, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून १०,

मालिकाका चार सय घरधुरीमा विद्युतीकरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाको दुई वटा वडाका चार सयभन्दा बढी

प्रधानमन्त्री प्रचण्डद्वारा पशुपतिनाथ पुगेर आरती अवलोकन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथको मन्दिरमा गएका छन् ।

वातावरण संरक्षणमा सबैको सक्रियता आवश्यक 

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सुन्दर, सफा

सर्लाहीमा श्रीमानको कुटपिटबाट महिलाको मृत्यु

काठमाडौँ- सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु