शिल्पाको नाममा करोडौंको फ्ल्याट | Khabarhub Khabarhub

शिल्पाको नाममा करोडौंको फ्ल्याट


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोर्नोग्राफी मामलामा पक्राउ परेर जमानतमा रिहा भइसकेका व्यापारी राज कुन्द्राले आफ्नो नाममा रहेको ५ वटा फ्ल्याट अभिनेत्री पत्नी शिल्पा शेट्टीको नाममा सारेका छन् । यो फ्ल्याटको मूल्य करोडौं पर्छ ।

राजले मुम्बईस्थित एक भवनको पुरा पहिलो फ्लोर शिल्पाको नाममा सारेका हुन् । यो फ्ल्याटको मूल्य ३८ करोड ५० लाख पर्छ । यो भवन समुन्द्र तटबाट करिब तीन सय मिटरको दुरीमा बनेको छ ।

जूहुमा परिवारका साथ बस्दै आएका राजले जुहुको घर पनि शिल्पाको नाममा सारेका छन् । शिल्पाको जुहुको घर ५ हजार ९ सय ९५ स्क्वायर फिटमा फैलिएको छ । जसको ट्रान्सफरमा शिल्पाले १ दशमलब ९ करोड स्टाम्प ड्युटी दिएकी छन् । यो हस्तान्तरण जनवरी २१, २०२२ मा भएको थियो । यद्यपि यो विषयमा आधिकारिक रुपमा कुनै जानकारी बाहिर आएको छैन ।

राज गत वर्षको जुलाईमा अश्लील फिल्म बनाएको र त्यसलाई एपमार्फत प्रसारण गरेको आरोपमा पक्राउ परेका थिए । उनीमाथि कैयौं धारा अनुसार मुद्धा दर्ता गरिएको थियो । जेलमा बसेको केही महिनापछि उनले जमानत पाएका थिए ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ११ : ०५ बजे

राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक यही

१७७ जना महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको

पुजार सार्की : बुबाको जवानीको ‘लुक्स’का आर्यन

काठमाडौं– ‘लभर बोई’को परिचय बनाएका एक समय महँगा स्टार आर्यन

कांग्रेसले समय मागेपछि कार्यदलको बैठक स्थगित

काठमाडौं- सहकारी ठगी प्रकरणलाई लिएर संसदीय छानबिन समिति गठनका लागि

युवतीलाई ‘आँखा झिम्क्याएको’ निहुँमा ट्राफिक प्रहरी जवानको हत्या

काठमाडौं : ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज