जिल्ला प्रशासन कार्यालय पाल्पाको सेवा आइतबारदेखि नियमित « Khabarhub

जिल्ला प्रशासन कार्यालय पाल्पाको सेवा आइतबारदेखि नियमित


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – कार्यालयका कर्मचारीमा कोभिड सङ्क्रमण देखिएपछि बन्द रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाले अब नियमित सेवा दिने जनाएको छ ।

सङ्क्रमणका कारण बन्द रहेका जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय रामपुर तथा जिल्ला निर्वाचन कार्यालय पाल्पाले आइतवारदेखि सेवा नियमित गर्ने भएको हो ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गर्दै मतदाता नामावली सङ्कलनको कार्य समेत नियमित हुने जनाएको छ । सेवाग्राहीले सेवा लिन आउदा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने तथा कोभिड १९ विरुद्धको खोपकार्ड, प्रतिलिपि वा मोबाइलमा खिचेको फोटो साथमा लिएर आउनुपर्नेछ ।

कार्यालयका कर्मचारीमा कोभिड सङ्क्रमण देखिएपछि गत माघ १४ गते देखि प्रशासनले स्वास्थ्य सर्तकता अपनाउँदै सेवा स्थगित गरेको थियो ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १२ : ०५ बजे

समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, अन्य दलको कति ? (अपडेट)

काठमाडौं – निर्वाचन आयोग नेपाल ले सार्वजनिक गरेको पछिल्लो विवरण

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन

अमेरिकी डेमोक्रेटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिन गर्न माग

वासिङ्टन – अमेरिकी डेमोक्रेटिक सांसदहरूले सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई

मोदीसँग रविले राखे प्राथमिकताका चार विषय, ‘विकास कूटनीति’लाई अघि बढाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,