पेटको परम मित्र पुदिना « Khabarhub

पेटको परम मित्र पुदिना


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पुदिना एक अत्यन्त सुगन्धित र सर्वप्रिय मसला हो । यसमा हुने एक प्रकारको मधुर सुगन्धयुक्त तैलीय सत्वबाट पिपरमेन्ट पनि बन्दछ ।

सबैले अनुभव गरेको कुरा हो कि पुदिनाले गर्मी मौसममा निकै उपयोगी मसलाको काम गर्दछ । यसले गर्मीबाट उत्पन्न रोगहरुबाट बचाउनुका साथै पेटमा शीतलता र सुरुचि प्रदान गर्दछ ।

यसको प्रयोग खाना, पेयपदार्थ, चटपटे आइटम तथा मुखशुद्धिका लागि समेत गरिन्छ । आयुर्वेदिक मान्यताअनुसार ‘लु’को प्रकोपमा, टाउको दुखेको बेला, शिरमा गर्मी चढेको बेला पुदिना मिश्रित चिसो (एक प्रकारको सर्वत) पेय बनाई खुवाउने गरे तुरुन्त बिसेक हुन्छ ।

– हैजा नियन्त्रण गर्न पुदिना अति उपयोगी औषधी हो ।
– मुटुको कमजोरी, न्यून रक्तचाप, श्वासप्रश्वाससम्बन्धी रोग तथा बाडुलीको समस्यामा पुदिनाको सेवन अत्यन्त लाभकारी हुन्छ ।
– मुखभित्र घाउ हुँदा र गिजा दुख्दा पुदिनाको पात पानीमा उमालेर कुल्ला गर्ने हो भने निकै राहत मिल्छ ।
– मुखको दुर्गन्ध तथा सास गन्हाउने रोगमा पुदिनाको सेवन लाभकारी मानिन्छ ।
– पाइल्स (अर्श), झाडापखाला तथा पेटसम्बन्धी रोग विरुद्ध पुदिना उत्तम उपचार हो ।

साभार  : ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १० : ३० बजे

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय

आजको मौसम पूर्वानुमान: पहाडी तथा हिमाली क्षेत्रमा वर्षा, तराईमा हुरीको चेतावनी

काठमाडौँ – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान- इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको

सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने

काठमाडौँ – सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान

डलरको मूल्य घट्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर