घलेगाउँमा हिउँ खेल्न आन्तरिक पर्यटकको भिड | Khabarhub Khabarhub

घलेगाउँमा हिउँ खेल्न आन्तरिक पर्यटकको भिड


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको घलेगाउँमा हिउँ परेपछि हिउँ खेल्ने आन्तरिक पर्यटकको ओईरो लागेको छ । बिहीबार रातिदेखि हिउँ परेपछि यहाँ हिउँ खेल्न सदरमुकाम बेसीशहर लगायतको क्षेत्रबाट आन्तरिक पर्यटकको ओईरो लागेको हो ।

वर्षाका कारण लमजुङका सबैजसो अग्ला स्थानमा हिउँ सजिलै देख्न सकिन्छ । हिमपातका कारण सार्क नमुना पर्यटकीय घलेगाउँ र पर्यटकीय गाउँ कल्मेडाँडामा चहलपहल बढेको छ । कोरोना संक्रमण जोखिमका कारण सुनसान बनेका पर्यटकीय गन्तव्यहरूमा पर्यटक बढेसँगै स्थानीय पर्यटन व्यवसायी खुशी भएका छन् ।

हिमपातसँगै चिसो अत्याधिक बढेको र चिसोका कारण बालबालिका र वृद्धवृद्धा प्रभावित भएको घलेगाउँका विष्णुमाया घले बताउँछिन् । तर, अहिलेको हिमपात र बालिनाली सप्रिने भएकाले किसानहरू भने खुसी भएका छन् । सुख्खा जमिनमा हिमबर्षा हुँदा सिंचाई पुग्नुका साथै जडिबुटी समेत उम्रने स्थानीय गमल बिकको भनाइ छ । घलेगाउँसँगै मस्र्याङदीको सिउरुङ, हर्सिङडाँडा, बेसीशहर नजिकैको वनक्षेत्र, दुधपोखरी, दोर्दीको माथिल्लो भेगलगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ । बाक्लो हिमपातका कारण हरियो जंगल र काला पहाड पुरै सेताम्मे देखिएका छन् ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १ : १५ बजे

वडाध्यक्षको तरकारीखेती मोह

कञ्चनपुर – शुक्लाफाँटा-३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा

अस्ट्रेलियाका कप्तान कुमिन्सले च्याम्पियन्स ट्रफी गुमाउने

अस्ट्रेलिया – कुहिनमा लागेको चोटका कारण अस्ट्रेलियाका क्रिकेट कप्तान प्याट

लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त

अमेरिकामा डढेलो : ६ जनाको मृत्यु, ५३ सय संरचना जल्दा डेढ लाख बढी विस्थापित

लस एन्जलस – अमेरिकामा सल्किएको डढेलोमा परेर अहिलेसम्म ६ जनाको

तराईमा शीतलहरको कहर : स्वास्थ्यमा कस्तो जोखिम हुन्छ ?

काठमाडौं – यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम